Subscribe Us

चोरका नाईके पक्राउ

काठमाडौँ । आधा दर्जन चोरी घटनामा सलग्न काभ्रे नागे्रगगर्चेका ३२ बर्षीय बासु प्रधानलाई  प्रहरीले पक्राउ गरेको छ । चोरी गरी फरार रहेका प्रधानलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले चोरीका सामान सहित पक्राउ गरेको हो । 
 प्रहरीले प्रधानबाट चोरी भएका  विभिन्न किसिमका मोवाइल १० थान, क्यानोन क्यामेरा १ थान, डिजिटल क्यामेरा २ थान, नगद ११ हजार रुपैया, यु.एस.डलर ४, नयाँ नोट १० र २० को ३ बन्डेल, सुनको नेकलेस १ थान, सुनको झुम्का १ जोर र लेडिज तथा जेन्स घडी ४ थान तथा विभिन्न पुराना सिक्काहरु समेत बरामद गरेको महाशाखाले जनाएको छ । प्रधानलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।

Post a Comment

0 Comments