Subscribe Us

बस्नेतलाई मन्त्री बनाउनु ओलीलाई ऐँजेरु

काठमाडौं । कुनबेला जाने हो निश्चित नभएपछि मृत्युसँग चिन्ता गर्नै छाडेका एमाले अध्यक्ष केपी ओलीले मर्नुअघि युवा संघ अध्यक्ष महेश बस्नेतलाई मन्त्री नियुक्त गरे । तर, बस्नेतलाई मन्त्री बनाएको कारणले अहिले पार्टीभित्र उनलाई टिक्न पनि मुस्किल हुने स्थिति आइसकेको छ । बस्नेतलाई मन्त्री नियुक्त गर्नु पार्टीभित्रको राजनीतिमा ऐंजेरु रोपेजस्तो भएको छ, ओलीलाई ।
 
‘धेरै लोकतान्त्रिक कुरा गर्ने तर संगठनको नियम नै थाहा छैन, दादागिरीले पार्टी चल्दैन’ भनेर नेता माधव नेपालले भनेपछि ओलीको बोल्ने ठाउँ नै हुन सकेको छैन । अरुबेला पार्टीको कामबारे चर्को चर्को कुरा गर्ने ओली बस्नेत मन्त्री नियुक्त गरेपछि पार्टीका वैठकमा बोल्न पनि पाएका छैनन् । आफ्नो कमजोरी भएकैले होला उनी नेपाल समुहका नेताहरुले बोलेको र व्यंग्य गरेको सुन्छन् र फर्किन्छन् । ‘संगठनको सामान्य नियम हुन्छ, पार्टी चलाउने नियम फरक छ, व्यक्तिवादी चरित्रले कसरी पार्टी अघि बढ्न सक्छ ?’, नेपालले सार्वजनिक रुपमा नै भनेपछि ओली अझ सुस्ताएका छन् ।
 
‘पार्टी कार्यालय बल्खुमा छ, पदाधिकारी वैठक हुन्छ, केन्द्रिय समितिको वैठक हुन्छ, को मन्त्री पठाउने नपठाउने कम्युनिष्ट पार्टीमा नियम र निर्णय हुन्छ, बालकोट पार्टी कार्यालय होइन ।’, एक नेताले भने,‘त्यहि कुरा हामीले बारम्बार उठाइरहेका छौं ।’
 
एमालेभित्र अहिले युवा नेताहरु एकातिर लागेर ओलीको निर्णयको विरोध गरिरहेका छन् । सभासद नियुक्त प्रकरणमा त सचिव योगेश भट्टराइको पत्रबारे ओलीले अहिलेसम्म जवाफ दिएका छैनन् भने वैठक पनि डाकिरहेका छैनन् । ‘कुरा नियमसंगठत ढंगबाट अगाडी बढाउने हुन्छ, एकजना नेतालाई सहमतिमा लिएर मनलाग्दी निर्णय गर्ने छुट एमालेमा हिजो पनि कसैलाई थिएन, आज पनि कसैलाई छैन । चुनाव जिते भन्दैमा पार्टी कम्पनी बनाउन पाइन्छ र ?’, स्रोतले भन्यो,‘कम्पनी चलाउने भने विनोद चौधरीसँग जानु भनेर पनि भनिदियौं ।

Post a Comment

0 Comments