Subscribe Us

संगठित रुपमा १५ बर्ष देखि डकैती गर्ने गिरोह पक्राउ

जुन घरमा कुकुर छ, उनीहरु पहिले कुकुरलाई विष खुवाएर मारेपछि लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ चोरी गर्ने बेलामा यिनीहरुले कुकुर मार्ने विषादी र काँचो मासु समेत सँगै बोकेर हिड्थे । 

 काठमाडौं । माहानगरिय प्रहरी अपराध महाशाखा हनुमानढोकाले लामो समयदेखि संगठित रुपमै चोरी डकैती गर्ने गिरोहलाई पक्राउ गरी आईतवार सार्बजनिक गरेको छ । उपत्यकालाई आधार क्षेत्र बनाएर  चोरी र डकैतीमा सगल्न गिरोहलाई चोरीएका केहि सामनसहित  पक्राउ गरेको हो । गिरोहले उपत्यकाको बिभिन्न घरहरुमा  प्रवेश गरी पेस्तोल, खुकुरी चक्कु लगायतका हातहतियार देखाएर डकैती गर्दै आएका थिए । महाशाखाबाट खटिएको बिषेश टोलीले गिरोहका प्रमुख थोते भन्ने मदन रायमाझीसहित ५ जनालाई पक्राउ गरी सार्बजनिक गरेको हो ।

 डकैतीका मुख्य नाईके भक्तपूर चित्तपोल ७ का मदन रायमाझी हुन भने काभ्रे माझिफेदाका मिङ्मार तामाङ सहायक कमाण्डर रहेको अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसएसपी पुष्कर कार्कीले जानकारी दिए ।रायमाझी यसअघि दुई पटक चोरी अभियोगमा पक्राउ परी जेलबाट छुटेक अभियुक्त हुन भने सहायक कमाण्डर मिङमार पनि चोरी डकैतीमा यसअघि जेल परिसकेको अभियुक्त हुन् ।

पक्राउ पर्ने अन्यमा काभ्रे माझिफेदा ४ का मनोज तामाङ, धादिङ बैरनी ६ का जगत लामा र रामेछाप बेथान गाविस ६ का खड्ग तामाङ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका अभियुक्तहरु बिभिन्न अपराधिक गतिबिधिमा यसअघि पनि पटक पटक पक्राउ परि जेलबाट छुटेका पटके रहेको प्रहरी अनुसन्धानमा खुलेको एसएसपी कार्कीले बताए । उनीहरुको थानबाट कटुवा पेस्तोल, बिहोस पार्ने बिषाधीसहितका सामाग्री बरामद भएको प्रहरीले जनाएको छ ।

यो समूहले १० महिनामा १४ घरमा डकैती गरेको खुलेको छ । मुलपानी ५ का चन्द्रवहादुर श्रेष्ठ, लतिलपूर चापागाउका इन्द्रवहादुर महर्जन, चापागाउकै उपेन्द्र न्यौपाने र काठमाडौं बालुवाका इन्द्रवहादुर बिष्टको घर लुटिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  कपनका लमु लामा, भक्तपूरका चाँगुनारायणका रामकृष्ण खनाल, शशिकुमार भण्डारी, दधिकोटका हरिबोल न्यौपाने, काठामाडौं कपनका श्याम प्रसाद पौडेलको घरमा पनि लुटपाट र चोरी गरेको अभियुक्तहरुले  स्वीकारेका प्रहरीले जनाएको छ ।चोरी डकैतीका १४ घटनामा यिनीहरु संलग्न रहेको र यो गिरोह संगठित अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
 
चोरी गर्ने बेलामा यिनीहरुले कुकुर मार्ने विषादी र काँचो मासु समेत सँगै बोकेर हिड्थे । जुन घरमा कुकुर छ, उनीहरु पहिले कुकुरलाई विष खुवाएर मारेपछि लुटपाट गर्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गिरोहले प्रहरीबाट बच्न ‘ मोबाइल फोनको समेत प्रयोग गर्दैनथे र भेट्ने स्थान पहिलेनै तय गर्थे’ एसएसपी कार्कीले पत्रकार सम्मेलनमा भने । मुलपानीका चन्द्रबहादुरको घरमा चोरी गर्ने क्रममा स्थानीयको प्रतिकारमा थोते समूहका कमल भन्ने देव लामाको मृत्यु भएको थियो भने ओके भन्ने शोक तामाङ पक्राउ परेका थिए ।

 साइला भन्ने रामकृष्ण लोप्चन ललितपुरबाट पक्राउ परेपछि नाइके मदनले तामाङ्ग, जिवन तामाङ्ग, लगायतका मानिसहरुलाई साथमा लुटपाट गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । रायमाझी बिगत १६ बर्षदेखि चोरी, डकैतीकार्यमा संलग्न रहेको तथा पक्राउ परेका सम्पुर्ण अभियुक्त पटके अपराधी रहेको महाशाखाले जनाएको छ । यस समुहका कमल भन्ने देव लामाको मुलपानी ५ स्थित चन्द्र बहादुर श्रेष्ठको घरमा डकैती गर्ने क्रममा पिडित तथा स्थानिय मानिसहरुको प्रतिकारको क्रममा मिति २०७०।९।२८ गते मृत्यु भएको थियो भने ओके भन्ने शोम तामाङ्ग पक्राउ र साईंला भन्ने राम कृष्ण लोप्चन ललितपुरबाट पक्राउ परेका थिए ।

 श्रेष्ठको मृत्यु र तामाङ्गको पक्राउ पश्चात मदन रायमाझीले थप नयां व्यक्तिहरु जगत तामाङ्ग, जिवन तामाङ्ग, लगायतका आपराधिक समुहकोटोली निमाण गरी डकैती कार्य लाई निरन्तरता दिई रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। अभियुक्त हरुले प्रहरीबाट बच्न आफु बस्ने छुट्टै कोठा हुँदाहुँदै अपराध गर्ने प्रयोजनार्थ जोरपाटीको नयाँबस्तीमा योजना बनाउने, डकैती गरि ल्याएको सामान बितरण गर्नेको लागी छुट्टै कोठाको ब्यवस्था गरेकोसमेत प्रहरी अनुसन्धानबाट खुलासा भएको छ 

। अभियुक्तहरुले प्रहरीबाट बच्न दिउसोको समयमा खुलेआम रुममा हिंडडुल नगर्ने, बिहानी र रातको समयमा मात्र हिंडडुल गर्दै आएका थिए डकैती गर्ने उद्देश्यले यो गिरोह झापामा समेत पुगेको प्रहरीले खुलासा गरेको छ । अभियुक्तहरुले डकैती गरेको मोवाईल घटनास्थल नजिकै फाल्ने गरेको, डकैती गरेर ल्याएको सुन तुरुन्तै बिक्री गर्ने वा गाल्ने गरेको, घटना घटाउनु अघि बिस्तृत रुपमा निगरानी गर्ने गरेको प्रहीको अनुसन्धाबाट खुलासा भएको छ । कुकुर हुने घरमा कुकुर मार्नको लागि बिषादी र काँचो मासु साथमा लिई हिंडने गरेको, र आगामी दिनमा डकैती गर्ने घरहरुको सुचना संकलन गरेको कागजपत्र समेत अभियुक्तहरुकोसाथबाट फेला परेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments