Subscribe Us

बाटो छेकेर रकम असुली गर्ने गिरोह पक्राउ

काँकडभिट्टा (झापा), १६ भदौ । भारतीय पर्यटकलाई झापाको बुधबारेमा बाटो छेकेर रकम असुली गर्न खोजेको आरोपमा स्थानीय चार युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धाइजन–६ का कृष्णबहादुर कार्की, शनिश्चरे–१ का भीमबहादुर मगर, बिर्तामोड–३ का गोपाल खनाल र बुधबारे–७ का राजकुमार सिटौला रहेका छन् ।उनीहरू सबैलाई सार्वजनिक अपराधको मुद्दा लगाइएको इप्रका काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार बिर्तामोडको युनिक होटलबाट नास्ता खाएर आफ्नै कारमा फर्किरहेका दार्जिलिङका फुर्वा शेर्पासहितका भारतीय नागरिकलाई उनीहरूले बुधबारे–९ मा बाटो छेकी ४० हजार भारु मागेका थिए । रकम नदिएपछि गाडी तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

डब्ल्युबी ७७–९९६३ नम्बरको कार चढेका भारतीय पर्यटक युनिक होटलमा नास्ता खान जाँदा होटलवालाले नास्ताको दोब्बर असुलेको र बुक नै नगरेको कोठाको रकम तिर्न दबाब दिएको थियो । शेर्पाले प्रहरीलाई दिएको बयानमा कोठा बुकको निहुँमा रकम असुल्न खोजेपछि फुत्किएर हिँडेका उनीहरूलाई चारआली हुँदै बुधबारे सडकमा एउटा कार र दुईवटा मोटरसाइकलमा आएको समूहले छेकेको थियो ।

 प्रहरीलगत्तै घटनास्थल पुगेका कारण उनीहरू पक्राउ परेका थिए । पक्राउ परेकाले मे१ज १४५५ नं को जिप, मे५प २७३१ र मे५प ३९७३ नं को मोटरसाइकल प्रयोग गरेका थिए । रासस 
म्बु-सेर्तुङ–७ धादिङ घर भएका ५१ वर्षीय पेम्बा शेर्पाले आफूले सोलुखुम्बुको नाम्चे, खुम्जुङ र चौरीखर्कमा गरी २० वटा कस्तुरी मृग मारेको स्वीकार गरेका छन्।

चोरी सिकारीको अभियोगमा गत साउन ३० गते पक्राउ परेका तामाङले २०५२ सालदेखि हालसम्ममा २० वटा कस्तुरी मृग मारेको र जसमध्ये १२ वटा भाले कस्तुरी रहेको बताएका हुन्। उनले ती १२ वटा कस्तुरीको बिना अवैध बिक्री गरेको समेत बताएको सगरमाथा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए।
स्थानीयस्तरमा भरियाका रुपमा बस्दै आएका तामाङलाई चोरी सिकारीको शङ्का लागेपछि चौरीखर्क–५ का युवाले राष्ट्रिय निकुञ्जमा खबर गरेका थिए। राष्ट्रिय निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षा खटिएको सेनाले उनलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पासो, खुकुरीलगायत चोरी सिकारीमा प्रयोग हुने बन्दोबस्तीको सामान र ३७ वटा यार्सागुम्बा फेला पारेको थियो।
पक्राउ परेपछि सोधखोज गर्दा तामाङले आफूले २०५२ सालदेखि २०५८ सालको बीचमा २० वटा कस्तुरी मृग, एउटा झारल र दुईवटा डाँफे मारेको स्वीकार गरेका थिए। उनले निकुञ्ज क्षेत्रमा ४०० भन्दा बढी पासो थापेको समेत बताएको निकुञ्ज कार्यालयले जनाएको छ। कार्यालयले अहिले थप अनुसन्धान गरिरहेको जनाएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार कस्तुरी मृग वा कस्तुरी मृगको कुनै पनि अङ्ग ओसारपसार गर्ने व्यक्तिलाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना अथवा पाँचदेखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ। रासस
- See more at: http://nagariknews.com/main-story/story/24018.html#sthash.1odDeFeq.dpuf

Post a Comment

0 Comments