Subscribe Us

म खुश्बुको प्रेमि होईन साथीसम्म हुँः अजय पोखरेल

काठमाडौं । कान्तिपुर टेलिभिजनको ‘किलो माईक ट्याङ्गो’ टेली सिरियलमा प्रहरी अफिसरको भूमिकामा कार्यारत अजय पोखरेलले आफूलाई सञ्चार माध्यमले खुश्बु ओलीसँग जोडेर गलत प्रचार गरेको दाबी गरेका छन् । सामान्य चिनजान भएको ब्यक्तिलाई पूर्ब प्रेमी भनेर नाम जोडीएकोमा उनले आपत्ति जनाएका हुन् । 

डन नाइके दिनेश अधिकारी ‘चरी’ को प्रहरी कारबाहीमा मृत्यु भएपछि चर्चामा रहेकी चरीको प्रेमीका ओलीसँग गतसाता बिभिन्न सञ्चारमाध्यममा ‘खुश्बुका अर्का प्रेमि पनि भेटीए’ भन्दै पोखरेलको फोटोसहित समाचार प्रकाशित भएको थियो ।
 
समाचारमा पोखरेललाई ओलीको अर्पण भन्दा अगाडीका प्रेमि र पोखरेलले खुशिसाथ अर्पणलाई खुश्बु जिम्मा लगाएको दाबी गरीएको थियो । ‘२००६ देखि खुश्बु र अर्पणकोे सम्बन्ध रहेको दुबैले स्वीकारेको अबस्थामा मलाई खुश्बुको पूर्ब प्रेमि भन्नु हाँस्यासपद र चरित्रमा दाग लगाउने नियत भन्दा अरु केहि हुन सक्दैन’, ‘अपराध खबरसँग कुरा गर्दै पोखरेलले भने, ‘मैले खुश्बुलाई २०११ मा चिनेको हुँ ।’ खुश्बु त्यसताका अर्पणकै प्रेमिका रहेको र फुयाँलले उनलाई कहिल्यै पनि कालो नजरले नहेरेको दाबी गरे ।
 
२०११ मा ‘जेनभा’ नामक एक कार्यक्रम गरिएकोे थियो, जसको उद्घोषण खुश्बुजीले गर्नु भएको थियो । त्यही बेलाबाट हाम्रो चिनजान भएको हो । पछि एक दुईवटा काम अर्पण र खुश्बुजीस“ग मिलेर गरीयो । सामान्य चिनजानका ब्यक्तिलाई प्रेमि भनेर समाचार प्रकाशित हुँदा सामाजिक, पारिवारीक र मेरो दैनिक जीवनमासमेत असर पुगेको पोखरेल बताए ।  फुयाँलले मोडलिङ र टेलिसिरीयलसँगै कमलपोखरीस्थित सिटी सेन्टरको फुडकोर्टमा रेष्टुरेन्ट समेत सञ्चालन गरिरहेका छन् ।

Post a Comment

0 Comments