Subscribe Us

चिलिमेमा पद जोगाउन गुण्डा परिचालन

कुलमान घिसिङ
काठमाडौं । आफ्नो स्वार्थ पूरा नभएपछि चिलिमे जलबिद्युत कम्पनीका पूर्ब प्रबन्धक तथा सञ्चालक कुलमान घिसिङले स्थानिय बासिन्दाविरुद्ध गुण्डा परिचालन गरी चिलिमेको निर्माण ठप्प पारेको पारेका छन् । ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङको नियतमाथि शंका लागेपछि उनलाई त्यंहाबाट हटाएकी थिईन् । ऊर्जामन्त्री ज्ञवालीले गलत नियतले आफूलाई हटाएको भ्रम छर्दे घिसिङले स्थानियको नाममा राजधानीबाट भाडामा गुण्डा त्यहां लगेर निर्माण ठप्प पारेका हुन् ।
 
दलहरुको नाममा राजधानीमा गुण्डागर्दी गर्ने, पार्टीका भातृ संघका कार्यकर्ता र बेरोजगार युवालाई घिसिङले प्रतिव्यक्ति पांच हजार रुपौंयां उपलब्ध गराएर सिन्धुपाल्चोकको निर्माणाधिन मध्य भोटेकोशी र रसुवामा निर्माणाधिन चिलिमे जलविद्युत आयोजना ठप्प पारेको स्थानिएले बताएका छन् । हटाइएको घिसिङको पुनर्वहाली माग गर्दै स्थानियको नाममा गुण्डाहरुले आंतक मच्चाएको स्थानीय एक नेताले बताए । उर्जामन्त्री ज्ञवालीले दुइ साता अघि कूलमान हटाउने निर्णय गरेकी थिइन् । ज्ञवालीकोे निर्णयसंगै स्थानियको नाममा घिसिङका गुण्डाले पुनर्वहालीको माग गर्दै आयोजना सञ्चालन हुन नदिएका हुन् ।
 
 उनीहरुले राके जुलुस प्रदर्शन गर्ने र यातायात अवरुद्ध पार्ने जस्ता विरोधका कार्यक्रम गरेका थिए । चिलिमेले २०६५ सालमा जिल्लावासीलाई १० प्रतिशत शेयर वितरण गरेको थियो । एक बर्ष अघि पनि तत्कालीन ऊर्जामन्त्री उमाकान्त झाको निर्देशनमा घिसिङलाई प्राधिकरण फिर्ता बोलाइएको थियो । सरोकार समिति, स्थानीयवासी, प्राधिकरण र चिलिमेका कर्मचारी, युनियनको चर्को दबावपछि तत्कालिन सरकारले निर्णय फिर्ता लिएर घिसिङलाई फिर्ता लगेको थियो ।

चिलिमे परियोजना स्थानिय स्रोतबाट सुरु गरिएको सबैभन्दा सफल र उज्वल भविष्य भएको आयोजना मानिन्छ । कुलमान घिसिङ सो परियोजनाका निर्देशक र पछि प्रबन्ध निर्देशक भएपश्चात उनको नियत बिग्रिएको स्रोत बताउंछ । चिलिमेमा राज गर्ने घिसिङको योजना तुहिन थालेपछि उनले गुण्डा परिचालन गरी चिलिमे बन्द गराएको भन्दै मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी रसुवा जिल्ला संगठन समितिले चिलिमे तथा सो समूहका जलविद्युत् आयोजना बन्द गराउनेहरुविरुद्ध उत्रिएको छ ।
 
रसुवाका एमाओवादीका पूर्व सभासद् प्रेम तामाङ र कांग्रेसबाट गत संविधानसभामा उम्मेदवार बनेका लामा कार्पु तामाङलगायतका केही व्यक्तिहरुले आन्दोलनको नाममा आयोजना नै बन्द गर्दै आएको बेला वैद्य माओवादीको जिल्ला समितिले त्यसलाई दुःखद भनेको हो । माओवादी जिल्ला समिति बैठकपछि ‘सेक्रेटरी’ भीमबहादुर खड्काले गत शनिबार विज्ञप्ति जारी गर्दै आयोजना लामो समयसम्म बन्द हुनुले गम्भीर षड्यन्त्रको आभास भएको जिकिर गरेका छन् ।

 एमाओवादी जिल्ला संयोजक जगतजंगले पनि गत ३ गते चिलिमेमा आयोजित कार्यक्रममा बोल्दै ठेकेदारसंग मिलेर आयोजना बन्द गराउने काम भएको र बन्द अवधिमा ठेकेदारले लिने रकममध्ये आन्दोलनकारीले २५ प्रतिशत लिने हल्ला चलेको भन्दै त्यसमा एमाओवादीले छानबिन गरिरहेको बताएका थिए । एमालेका सभासद् जनार्दन ढकाल र कांग्रेसका नेता बालचन्द्र पौडेलले भने सोही आशंका व्यक्त गरेको बेला माओवादीले पनि सोही संकेत गर्दै आन्दोलनको नाममा षड्यन्त्र भएको बताएको हो ।

Post a Comment

0 Comments