Subscribe Us

धादिङको सिम्लेमा यात्रु बस दुर्घटना
५ जनाको ज्यान गयो, ३ जनाको सनाखत

धादिङ, १३ असोज, धादिङको सिम्लेमा आज विहान करिब ६ बजे दुई बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । काठमाडौंबाट काँकडभिट्टाको लागि छुटेको ना ५ ख ४३८४ नम्बरको यती यातायातको बस र बेनीबाट काठमाडौँ आउँदै गरेको ना ३ ख ७६३३ नम्बरको बस एक आपसमा जुध्दा उक्त दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा काँकडभिट्टा जाँदै गरेका काठमाडौं विशालनगरकि ३० वर्षीया कृतिका थापा र उनकी छोरी ६ वर्षीया कान्छी थापा रहेका छन् । यसैगरी बेनीबाट काठमाडौँ आउँदै गरेको बसका चालक किसन क्षेत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अन्य मृतकहरुको सनाखत हुन बाँकी छ । यसैगरी दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।तस्विर: उज्यालो - See more at:aajakokhabar

Post a Comment

0 Comments