Subscribe Us

प्रचण्डले तीन अर्ब स्वीस बैंकमा राखेको रहस्य

बितेको कुनै समय हेटौंडा सिमेन्ट उद्योगमा केमिकल र बोरा सप्लाई गर्ने कवाडी ठेकेदार अजय पराजुली उर्फ सुमार्गीले केही वर्ष यता अनौठो धन्दाबाट थोपरेको तीन अर्व भन्दा बढी रकम स्वीस बैंकमा जम्मा गरेको रहस्य खुलेको छ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका व्यापारीक साझेदार भनी परिचित सुमार्गीले भारतीय बैंकहरूमा राखेको अवैध रकम असुरक्षित बन्न थालेपछि तीन महिना अघि उक्त रकम समेत स्वीस बैंकमा सारेको स्रोतको दावी छ ।
prachanda-puspeमाओवादी पार्टीले जनयुद्धकालमा लुटेको रकम र लडाकुको नाममा उठाएको रकम समेत दाहालले सुमार्गीलाई दिएर धमाधम स्वीस बैंकमा जम्मा गरिरहेका हुन् । त्यस्तै, गत अप्रिल २०१२ मा एनसेल र सुमार्गीको नेपाल स्याटेलाईट कम्पनीबीचको कारोबार अनुसार सुमार्गीले कमाएको तीन अर्व रकम मध्येको केही हिस्सा पनि सुमार्गीले स्वीस बैंकमा पठाएको एनसेलमा चर्चा छ ।
aसुमार्गीले स्याटेलाईटको शेयर बेच्दा पेश गरेको डकुमेन्ट९फाइल० समेत प्राधिकरण र कम्पनी रजिष्ट्रारको कार्यालयबाट एकाएक गायव बनाइएको छ । सुमार्गी विरुद्ध अवैध र अकुत सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागमा उजुरी परेपछि शेयर सम्बन्धि सम्पूर्ण विवरणहरू हटाउन सुमार्गी सफल भएको ती निर्देशकले बताए ।
प्राधिकरणका केही कर्मचारीलाई भने सुमार्गीले एवीसी टेलिभिजन र नयाँ पत्रिकामा समाचार छपाइ दिने धम्की दिएर गोप्य कागजात नै मेटाउन सफल भएको स्रोतको दावी छ । नेपाल टेलिकमलाई तहस नहस हुने गरी गैर आवासीय नेपाली उपेन्द्र महतो, सुमार्गी र दाहालको डिजाइनमा फ्रिक्वेन्सी होल्ड गरेर स्याटेलाईटले हेलो नेपाल ब्राण्डमा मोवाइलको लाइसेन्स लिएको थियो ।
आगामी २०७१ मा नविकरण शुल्कवापत प्राधिकरणलाई बुझाउनुपर्ने २० अर्व रकम नतिर्नका लागि विदेशी टेलिकम माफिया, अध्यक्ष दाहाल र सुमार्गीको डिजाइनमा स्याटेलाईटको ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरिएको हो ।
सुमार्गीले कौडीको भाउमा स्याटेलाईटका नाममा लाइसेन्स लिएर तीन अर्वमा ७५ प्रतिशत शेयर टेलियासोनेरालाई बिक्री गरेका हुन् । राष्ट्रघाती यो खेल सफल भएका कारण एनसेलले जनतालाई झुक्याउने अफर ल्याएर सर्वसाधरण नागरिकलाई जति लुटे पनि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् ।
- See more at: hamrosandesh

Post a Comment

0 Comments