Subscribe Us

साहरुख खानले बनाए ‘एट प्याक एब्स’

shahrukh_eight-pack-abs-happy-new-yearएजेन्सी –फिल्म ‘ह्याप्पी न्यु इयर’ मा बलिउड अभिनेता साहरुख खानको ‘एट प्याक एब्स’ देख्न पाइने भएको छ । ४८ वर्षको उमेरमा साहरुखले यस्तो बडी बनाएको देखेर उनका प्रशंसक उत्साही भएका छन् । यसअघि साहरुखले फिल्म ‘ओम शान्ति ओम’ का निम्ती सेभेन प्याक बनाएका थिए ।
प्रशिक्षक प्रशान्त सावन्तको रेखदेखमा शारीरिक अभ्यास गरी साहरुखले यस्तो ज्यान बनाएका हुन् । प्रशान्तले विगत दुई दशकयता साहरुखलाई फिटनेस मेन्टेनका लागि प्रशिक्षण दिँदै आइरहेका छन् ।
साहरुखले यस्तो भव्य ज्यान कसरी बनाए भन्नेमा प्रशंसकहरुमाझ कौतुहुलता जगाए पनि प्रशान्त यसलाई स्वभाविक मान्दैनन् । ‘सिक्स प्याक बनाइसकेको व्यक्तिले एट प्याक्स एव्स बनाउनु ठुलो कुरा होइन,त्यसका लागि अलि बढी मेहनत गरे पुग्छ,’उनी भन्छन् । साहरुखले उपयुक्त ट्रेनिङ र धैर्यता अपनाएर यस्तो शरीर बनाएको उनले बताए । ‘एट प्याक बनाउन चाहनेले साहरुखको जस्तै अनुशासनमा रहन,मिहेनत गर्न र धैर्य रहन सक्नुपर्छ,’ उनले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Post a Comment

0 Comments