Subscribe Us

तेरिया मगर बेलायत आउँदै

लन्डन , भाद्र १६ - डान्स इण्डिया डान्सकी बिजेता नेपाली किशोरी तेरिया मगर आफ्नो कला देखाउन बेलायत आउने भएकी छिन् ।
teriya
तेरियाले आगामी १३ सेप्टेम्बरमा रिभरमेड लिजर सेन्टर रेडिङ र १४ मा ह्यारो लिजर सेन्टर लन्डनमा हुने दसैं मेघा इभेन्टमा  नृत्य देखाउने आयोजकले जनाएका छन् । एक शोमा उनले ५ वटा जति नृत्य प्रस्तुत गर्ने अपेक्षा छ । तेरियालाई गायकहरु हेमन्त राना र मिलन लामाले समेत साथ दिनेछन् ।

आइतबार फार्नबोरोमा आयोजित पत्रकार सम्मेलनमा आयोजकमध्ये एक एभरेष्ट मनी एक्सप्रेसका मुछेत्र गुरुङले इण्डियामा डान्स प्रतियोगिता जितेर तेरियाले नेपाल र नेपालीलाई विश्वभर चिनाए वापत सम्मान दिन पनि शो गरिएको जनाए ।

तेरिया फाइनल चरण पुग्दै गर्दा बेलायत ल्याउने सोच बनेको उनले दावी गरे ।

जिटिभीसँगको सम्झौतामा तेरियाले यहाँ दुई शोमात्र गर्नेछिन् । आयोजकले जिटिभीलाई एक शो बराबर तीनलाख १५ हजार भारतीय रुपैयां तिरिएको जनाएका छन् ।

दुई शोबाट आउने मुनाफामध्ये दश प्रतिशत कास्की धम्पुसस्थित उदय मा.वि. र सुनकोशी बाढी पीडितको सहयोगार्थ खर्चने प्रतिवद्धता आयोजकको छ । कार्यक्रम मुछेत्र गुरुङ, कमल गुरुङ, गणेश गुरुङ, नवीन गुरुङ र मिलन गुरुङले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।दैनिक खबर

Post a Comment

0 Comments