Subscribe Us

डीएसपी सिलवाल तानीएपछि दरबारमार्ग बृत्तमा भोज

काठमाडौं । दरबारमार्ग बृत्तका डीएसपी राजकुमार सिलवालको सरुवासँगै बृत्तका प्रहरीले रात्री भोज मनाएका छन् । गत साता कारबाही स्वरुप डीएसपी सिलवाललाई मुख्यालयले बृत्तबाट हटाएपछि खुशि भएका बृत्तका अन्य प्रहरीले रात्री भोजको आयोजना गरेका हुन । बिना कारण साना तिना बहाना बनाएर डीएसपी सिलवालले बृत्तका जुनियर अधिकृतदेखि सिपाही हबल्दारलाई कुटपीट गर्ने तथा गैर कानूनी तरीकाले एक सातासम्म थुनामा राख्न थालेपछि बृत्तका सम्पूण प्रहरी डीएसपी सिलवालप्रति रुष्ट बनेको स्रोतले बतायो । 

डीएसपी सिलवाल तानीएको खबर सुन्नसाथ बृत्तका अन्य प्रहरीले आजबाट राणा शासनको अन्त भयो भन्दै बृत्तमा पार्टी गरेका हुन । डीएसपी सिलवालले बृत्तमा कार्यारत अन्य प्रहरीलाई मादक पदार्थ सेबनमा रोग लगाएका थिए । डिउटीमा नहुदापनि मादक पदार्थ सेबन नर्गन सिलवालले हुकुमी शासन दिएका थिए बृत्तका एक अधिकृतले भने, ‘ आफूभने टन्न ढोग्थे’ ।

 कसैबाटपनि आर्धिक लाभ नलिन आदेश गर्थे तर सिलवाल भने ठूलै डिल गर्थे उनले भने ।’ बृत्तका प्रहरीलाई उनले आफू आईजीपी र गुहसचिबको दाहेनी हात भएको दाबी गर्थे । तिन महिना अघि दरबारमार्ग सरुवा भएका डीएसपी सिलवालको सचिवालयमा तिन दर्जन भन्दाबढी उजुरी परेपछि आईजीपी निकट सिलवाल तानीन पुगेका हुन । 

अन्नपूर्ण होटलका मालीक कपील राणालाई होटलको पार्कीङमा बसेर मध्य पान गरेको भन्दै डीएसपी सिलवालले नियन्त्रमा लिएका थिए । उनको सरुवाको अन्तिम कारण यहि बन्यो । होटल तमाईको भएपनि यो पब्लिक प्लेस हो, या“हा मध्यपान गर्नु सार्बजनिक अपराध हो भन्दै भ्यानमा हालेर उनले राणालाई बृत्त पु¥याएका थिए । बृत्तमा पु¥याएको एक घण्टा नबित्तै डीएसपी सिलवालले पुन उनलाई होटलमै ल्याएर छोडेका थिए । त्यसको  भोलीपल्ट उनलाई मुख्यालय तानेको हो । यस अघिपनि डीएसपी सिलवालले दरबारबार रोधी कल्बमा भएको सामान्य झगडालाई लिएर होटलवालास“ग मिलेर एक लाख चासिल हजार क्षेतीपुर्ती तिराएका थिए ।

 त्यसको केहि दिनपछि उनले आफ्नो छोरीको बड्डे पार्टीको आयोजना त्यहि होटलमा गर्नुलाईपनि मुख्यालयले चासोकासाथ हेरेको थियो । पछिल्लो समय डीएसपी सिलवालले रेष्टुरेन्ट व्यावसायीबाट पनि ठूलौ बाग्रेनीङ गर्न थालेका थिए । तिन महिना देखि रेष्टुरेन्टबाट मासिक नबुझेका सिलवालले दर्शैमा एक पटक उठाउने योजना चकाना चुर भएको स्रोतको दाबी छ । पछिल्लो समय डीएसपी सिलवालले दरबारमार्गस्थित आई क्लबमा ढेड लाखको डिल गरेको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments