Subscribe Us

नख्खु कारागारामा तनाव,
प्रशासनको मिलोमतोमा चौकिदारले पैसा असुलेको आरोप

 काठमाडौं । जेल प्रशासनसँग मिलोमतो गरी चौकिदार र नाईकेले अत्याचार गरेको भन्दै नख्खु कारागारमा कैदी र बन्दीले आन्दोलन गरेका छन् । कैदी र बन्दीले (सीआरसी) ब्लकलाई नियन्त्रमा लिएर विभिन्न माग राख्दै आन्दोलन थालेका हुन ।  सीआरसी ब्लकमा कैदी र बन्दीगरी झण्डै साढे २ सय रहेको कारागारले जनाएको छ । 

 सीआरसी ब्लकको मूलगेटमा भित्रबाट ताला लगाएर कैदी र बन्दीले जेल प्रशासन र आन्तरीक प्रशासनलाईसमेत भित्र जान नदिई आन्दोलनरत रहेको स्रोतले बतायो । 

कैदी र बन्दीलाई शोषण गर्ने, कुटपीट गर्ने, चौकिदार नाईकेको सरुवा हुनुपर्ने आन्दोलनरत कैदी र बन्दीको माग रहेको कारागार स्रोतले बतायो । कारागारमा जेलरले कानुनको खिल्ल्ी उडाउदै आफूअनुकुल कैदीलाई कारागारको आन्तरीक प्रशासनको जिम्मा दिने गरेका छन् । लागूऔषध जस्तो जघन्य मुद्दाका कैदीलाईसमेत जेलरहरुले आर्थिक प्रभाबमा परेर र्चाैकिदार बनाृउने गरेका छन । राजधानीका अधिकास्स कारागारमा लागूऔषध मुद्दाका चौकिदार रहेका छन् ।

 राजधानीका कारागारमा बस्न कैदी र बन्दीहरुले मोटो रकम खर्ज गर्नेपर्ने जेलको कानुन रहेको स्रोत बताउछ । पैसा खर्ज गर्न नस्कने कैदी र बन्दीलाई बिभिन्न बहाना बनाएर चौकिदार र जेलर मिलेर उपत्यका बाहिर फाल्ने गरेको स्रोत बताउछ । जेलमा सुबिधा लिन, चाहेको बेलामा फोन गर्न, भेटघाट लामो समय गर्न उपत्यकाको जेलहरुमा मोटो रकम खर्ज गर्नु कैदी र बन्दी बाध्य भएको स्रोत बताउछ । नख्खु कारागारको सीआरसी ब्लकमा रहेका कैदी र बन्दीहरुलेपनि

 कारागार प्रशासनको आडमा आन्तरीक प्रशासनले जेलभित्र आफूहरुलाई दुःख दिएको आरोप लगाएका छन् । कैदी बन्दीले जेल प्रशासन, नाइके, भाइ नाइके लगायतले मनपरी रकम असुल्ने र कुटपिट  गर्दापनि कारागार प्रशासन मुख दर्शक भएको आरोप लगाएका छन् ।

‘कैदीबन्दीलाई बन्दक बनाएर पैसा असुल्ने र नदिए मार्ने धम्की दिएका छन्’ एक कैदीले भने, हामीले १६ जनालाई सरुवा गर्नुपर्ने माग राखेका छौं ।’खाद्य सामाग्रीको चर्को रकम असुल्ने गरेको उनीहरुको आरोप छ । बाढीपीडितका लागि भन्दै कैदीबन्दीबाट २ लाख १० हजार उठाइएको तथा ललितपुरको इटीटोलमा फुटबलका लागि भन्दै आफूहरुसँग पैसा असुलेको उनीहरुले बताए ।

Post a Comment

0 Comments