Subscribe Us

अर्यालको व्यक्तिगत हठका कारण प्रहरी संगठन अस्तव्यस्त

काठमाडौंःप्रहरी महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालको व्यक्तिगत हठका कारण प्रहरी संगठन अस्तव्यस्त बन्न पुगेको छ । संगठनको हितमा भन्दा व्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अर्यालले निर्णयहरु गर्न थालेपछि संगठनमा चरम निराशा छाएको हो । अर्याल आईजीपी भएको ११ महिना बित्दा पनि एआईजी बढुवाको विवाद टुंगिन सकेको छैन ।
बढुवा कुरेर बसेका तल्लो तहका तीन हजार प्रहरीमा चरम निराशा मात्र छाएको छैन, कतिपय त जागिर नै छाडिसकेका छन् । खासगरी एआईजी र डीआईजी बढुवामा अर्यालको नियम उदांगो भएको छ । पछिल्लो समय अदालतले बढुवा गर्न आदेश दिएका चार डीआईजी बढुवा नगर्न लबिङ गरेपछि उनको अलोकप्रियता झन् बढेको छ ।

 प्रहरीमा नौ जना मात्र एआईजी राख्ने गरी नियम संशोधन गराएर गत साउन २९ गते सरकारले सात र दुई गरी नौ जना डीआईजीलाई एआईजीमा बढुवा गरेको थियो । तर पनि अदालतले अन्य चार जनालाई बढुवा गर्न परमादेश दिएपनि सरकारले बढुवा गरेन । प्रधानमन्त्री सुशील कोइराला र गृहमन्त्री वामदेव गौतम बढुवा गर्न सहमत भएपछि अर्यालले मन्त्रीहरुलाई बिहान बेलुकै फोन गर्न बढुवा रोकेर पुनरावेदनमा जान लगाएका थिए । स्रोतका अनुसार यसरी बढुवा रोक्नुको प्रमुख कारण अर्यालको डीआईजी यादब अधिकारीसँगको चिसो सम्बन्ध नै प्रमुख हो । 

अर्यालकै ब्याचका उनी सो ब्याचका राम्रा अधिकृतका रुपमा चिनिन्छन् । तर पनि गणेश राई र वीरेन्द्रबाबु श्रेष्ठ जस्ता भ्रष्ट अधिकृत बढुवा भएपनि उनी छुटेका थिए । बढुवामा छुटेपछि डीआईजी अधिकारी र आईजीपी अर्यालबीच भनाभन भएको थियो । त्यही इगोलाई  लिएर अधिकारीलाई बढुवा हुन नदिने खेलमा अर्याल लागेका हुन् । अदालतले बढुवा गर्न परमादेश दिएर पनि न्याय पाउन नसक्दा चार डीआईजीले अवकाश पाइसकेका छन् । अधिकारीसँगै परशुराम खत्री, बिश्वराजसिंह शाही र सुशील बरसिंह थापाले गत २१ गतेबाट अवकाश पाएका हुन् । उनीहरु दोस्रो पटक अदालत गइकसेका छन् । डीआईजी बढुवामा पनि आईजीपीले व्यापक चलखेल गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
 
पहिलेदेखि नै लेनदेनका लाइन मिलेका अधिकृतहरुलाई बढुवा र सरुवामा उनले काखी च्याप्ने गरेका छन् । संगठनभित्र व्यापक आलोचित भएपछि उनले आफ्ना मितज्यू उपेन्द्र महतोमार्फत केही दिन अघि कान्तिपुर टिभीमा अन्र्तवार्ता बजाएका थिए । महतो कान्तिपुर टिभीका लगानीकर्ता हुन् । उक्त अन्र्तवार्ता हेर्न प्रहरी प्रधान कार्यालयले सबैलाई उर्दी जारी गरेको थियो । कांग्रेसका केही नेता र मन्त्रीलाई खुशी बनाएर पद टिकाउने अभियानमा अर्याल लागेको स्रोत बताउँछ । एआईजीद्धय सुरेन्द्रबहादुर शाह र राजेन्द्रसिंह भण्डारीले आफूलाई हटाउन सक्ने डर पनि उनमा बढ्दै गएको छ । भ्रष्टाचारमा अवरोध हुने देखेपछि एआईजी भण्डारीलाई उनले प्रहरी एकेडेमीमा थन्काइसकेका छन् । यूनाईटेड पोष्ट सप्ताहिक

Post a Comment

0 Comments