Subscribe Us

राजधानीका तिन ठूला जुवा अखडा, जाहाँ करोडौंको हार जित हुन्छ
छापा मार्ने हैसयत छैनन् नेपाल प्रहरीसँग ।

काठमाडौं । राजधानीका अधिकास्स क्यासिनो बन्द भएको फाईदा उठाउदै जुवाका पारखीहरुले घर घरमै क्यासिनोशैलीमा जुवा खेलाउन थालेका छन् । चाडबाडको बाहानामा जुवा खेल्ने जुवाडे तथा र खेलाउने दलालहरुपनि बड्न थालेका छन् । यदी सम्मकी मिनी क्यासिनोमा हारेका जुवाडेलाई पैसा लगानी गर्ने दलालहरुपनि सलबलाउन थालेका छन् । यि सब अपराधको सुईको पाएको माहानगरीय अपराध महाशाखा तथा प्रहरी परिसर हनुमानढोका सानातिना जुवा अखडामा छापा मारेको नाटक मच्चन गरी ठूला जुवा अखडा र ठूलै जुवाडेलाई संरक्ष्ँण गरेको आरोप लाग्न थालेको छ ।
 
 राजनीतिक कर्मि देखि सेना, प्रहरी र निजामती कर्मचारीका हाकिमसमेत भेटीन जुवा अखडामा प्रहरीले छापामार्ने हैसयत राख्दैन् । बर्षै देखि सञ्चालनमा रहेको डिल्ली बजार स्थित प्रभु राणाको घरमा खेलाईने जुवा अखडामा प्रहरीका अबकास प्रात्त आईजीपी देखि बाहालवाला न्यायधिस, नेता मन्त्रीसमेत उपस्थित रहने गरेका छन् ।
 
 गत साता पञ्चायत कालका मन्त्री सत्तेमान लामा उक्त जुवा घरमा पचास लाख हारेका थिए । आफूस“ग भएको पैसा हारेपछि एक श्रेष्ठ थरका दलालसँग लामाले ३० लाख मिटर ब्याजमा लिएर जुवा खेलेका थिए । स्रोतका अनुसार दलाल श्रेष्ठले मन्त्रीलाई पैसा समयमै फिर्ता गर्नुपर्छ, योे हनुमानढोको एसपीसापसँग मागेर ल्याएको पैसा हो भन्दै दिएका थिए । राणाको घरमा प्रहरीले छापा नर्माने हुदा जुवाडेहरु ढुक्कसाथ जुवा खेल्ने गरेका छन् । राणा सर्बोच्चका बाहालवाला न्याधिस चोलेन्द्र शमसेर राणाका कान्छा भाई हुन । राणाले क्यासिनो झै म्यारिज टुबुल राखेर जुवा खेलाउने गर्छन । यस्तै प्रहरीकै मिलोमतोमा राम तमाङले आधा दर्जन घर भाडामा लिएर जुवा खेलाउदै आएका छन् । तमाङले पनि जुवा अखडालाई ब्याबसायीक रुपमै अङगालेका छन् ।
 
 उनको जुवा अखडा बाह्ै महिना सञ्चालन हुन्छ । तमाङले बालुवाटार, चच्पल काराखाना पछाडी, नारणथानमा सञ्चालन गर्दै आएका छन् । करोडौंको खेल हुने जुवा अखडा मध्य पूर्ब राजाका ज्याई राजबाहादुर सिंहका भाई हरिस सिंहकोपनि एक हो । सिंहले आफ्नो निवास छाउनीमा जुवा खेलाउदै आएका छन् । प्रहरीस“ग सबै सुराग भएपनि सिहको घरमा प्रहरीले छापामार्ने हिम्मत गरेको छैन । सिंहको घरमा राजपरिका सदस्य, सेना र प्रहरीका बाहालावाला र अपकास प्रात्त अधिकृतहरुको घुईचोका साथै राजधानीका डनहरुसमेत पैसा लगानी गर्ने पुग्ने गरेको स्रोत बताउछ । 
 
क्यासिनो कै शैलीमा घरघरमै सञ्चालन भएका जुवा अखडामा करोडौको रुपैयाँ जुवा थाप्ने जुवाडेहरु राजधानीमा अनगिन्ती छन् । प्रहरीको छापाबाट बच्न जुवाडेहरुले मोबाईल जुवा अखडाको नाम दिएर एक दिन, एक ठाँउमा र अर्को दिन अर्कै ठाउँमा जुवा सञ्चालन हुने गर्छ । त्यसतै कपन गोपिकुष्ण हल पछाडी अन्जिली श्रेष्ठले जुवा अखडा सञ्चालन गर्दै आएकी छिन । जुवा अखडा सञ्चालन गरेकै भरमा श्रेष्ठ बिश्वकै सर्बाधिक लोकपिर्य बियमडब्लुमा रमाउदै आएकि छिन् । दरबारमार्ग अन्नपूर्ण कफिसपमा दिन बिताउनु श्रेष्ठ जुवाडेहरु बिच माहारानीको नामले परिचीत छिन । श्रेष्ठले बिगत १० बर्षदेखी जुवा अखडा ंसंञ्चालन गर्दै आएकी छिन् । श्रेष्ठले सञ्चालन गरेको जुवा अखडामा पूर्ब राजाका ज्याई राजबाहादुर सिंहका दाजु हरिस सिहसमेत पुग्ने गर्छन् । 
 
अहिले महारानीले उनै जुवाडे हरिस बहादुर सिंहको छोउनुस्थित घरमा जुवा खेलाउदै आएकी छिन् ।  बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडी मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् । राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको स्रोत बताउँछ । 
 
त्यस्तै बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । प्रहरीले राजधानीका क्यासिनोमा नेपाली जुवाडेलाई प्रवेश कडाई गरेयता जुवाका सौखिनहरुले क्यासिनोकै शैलीमा घरघरमै मिनी क्यासिनो सञ्चालन गर्न थालेका हुन् । पार्किङको राम्रो ब्यबस्था भएको बंगलामा किचेन र बारसहितको सेवा सुविधासहित दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरु सञ्चालनमा ल्याउन थालेका छन् । क्यासिनोकै शैलीमा राजधानीका टोलटोलमा जुवा अखडा सञ्चालन भइरहेपनि प्रहरीले त्यसको सुईंको नपाएको जस्तो नाटक गर्दै आएको छ ।
 
छापाको नाटक
 
 सानातिना म्यारिज खेल्ने अखडामा भने प्रहरीले छापामारी काम देखाउने नाटक गर्दै आएको छ ।  राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारेपनि लामा भने फुत्किदै आएका छन् । जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउ“दै आएका व्यक्ति हुन् ।  दुई साता भित्र महानगरिय प्रहरीले जुवा खेलाउने यस्ता तिन ठूला अखडामा छापा मारेको छ ।
 
 गत बुधवार महानगरीय प्रहरी बृत्त बानेश्वरले ठूलै जुवा घरमा छापा मारेर लार्खै रुपैया“सहित २९ जुवाडेलाई पक्राउ ग¥यो । घर मालिक तथा जुवा खेलाउने कमला थापापनि प्रहरीको फन्दामा परिन । बानेश्वर बृत्तबाट खटिएको डिएसपी रमेश कुमार तमाङको टोलीले अखडा सञ्लालिका थापाकासहितको टोलीलाई पक्राउ गरेको हो । व्याबसायीक रुपमा जुवा अखडा खेलाउदै आएकि थापाले जुवा खेलाएकै भरमा भिमसेन गोलामा करौंडौ रुपैयाको महल जोडेकी छिन । पटके जुवाडेलाई प्रहरीले पक्राउ गरेपनि ठूलै सहमति भएपछि सहजै उन्मुक्ति दिएका छन् ।
 
 कलंकी स्थित बाबुकाजी महर्जनको घरमा अबैध रुपमा जुवा तास खेलाउने सुचना पाएपछि प्रहरीले छापा मार्दा ७ जना पक्राउका साथै नगद १ लाख ८१ हजार ५ रुपैया र ३ बुक ताससमेत बरामत गरेको थियो । यसैगरी बाफल स्थित राम महर्जनको घरमा अवैध रुपमा जुवा तास खेल्ने सुन्धारा बस्ने झापा जिल्ला बाहुनडाँगी–२ घर भएका ४० बर्षीय भुपालमान राजबंशी, मकवानपुर घर भई बाफल बस्ने ३२ बर्षीय प्रमोद लामा, रौतहट घर भएका ४३ बर्षीय सन्तोष क्षेत्री सहित १७ जनालाई प्रहरीले १३ बैशाखमा नगद १ लाख ४ हजार ६ सय रुपैया र ५ बुक तास सहित पक्राउ गरेको छ ।
 
यस्तो छ कानून
 
नेपालका नागरिक हरुको आर्धिक हित एवं सदाचारको निमित्त जुवा खल्न वा खेलाउन प्रतिबन्ध लगाउन आबश्यक भएको हुदा ‘जुवा ऐन २०२०’ १ भ्राद्र २०२० बाट सुरु भएको हो ।
 
 सम्पत्ति हार्ने वा जित्ते जुन सुकै बाजीलाई जुवा ऐन अन्तरगत कारबाहि गर्न सकिन्छ । कुनैपनि ब्यक्तिले जुवा खेल्न खेलाउन वा जुवा खेल्ने खाल थाप्ने,वा आफ्नो घर कोठालाई जुवा खेल्न वा खेलाउन काममा प्रयोग गरेमा पहिलो पटकलाई तिनसय जरिवाना,दोस्रो पटकबाट तिन महिना देखी ९ महिनासम्म कैद हुने कानून प्राबधान रहेको छ ।
 
 जुवा खेलेमा पहिलो पटक दुई सय जरिवाना, दोस्रो पटकलाई एक महिना देखि तिन महिनासम्म कैद र तेस्रो पटकलाई एक बर्षसम्म कैद हुने कानून ब्याबस्था छ । त्यसतै जुवा खेलाउने ठा“उमा जुवा खेल्नको निमित्त सरसापट दिएमा सरसापट दिनेको रुपैंया भूस गराउ, दिएको रकमको डेढी जरिवाना हुने जुवा ऐनमा उल्लेख छ ।

Post a Comment

0 Comments