Subscribe Us

भारतिय अपराधी गिरोहको धम्कीले वीरगन्जका उधोगी पुन : आतंकीत
एसएसपी खनालको सरुवापछि अपराधीक गिरोह पुनः सकृय

भारतीय अपराधी गिरोहको धम्कीले वीरगन्जका उधोगी पुन : आतंकीत
 

अनुप तिवारी-बिरगन्ज, २७ असोज ।  सिमापारीबाट हुने अपराधिक गतिविधीमा केही समयकालागि अंकुश लागेकोले धम्की, फिरौती वसुलीका घटनाबाट राहत पाएका उधोगी व्यवसायी पुनः आतंकित बनेका छन् । भारतिय अपराधीक गिरोहको फिरौतीको मांग सहितको फोन धमकीले यहांका व्यवसायीहरु आतंकीत भएका हुन् । 
 
भारतीय अपराधी सुनिल सिहं समूहले फोनगरि फिरौतीको मांग गरेकोले वीरगन्जका व्यवसायी फेरी आतंकित भएका छन् । भारत बिहार प्रान्तको सिमावर्ती पूर्वी चम्पारण जिल्लाका अपराधी सुनिल सिंहले विगत दुई महिना देखी फोनबाट धम्काउदै फिरौतीको मांग गर्ने क्रमले तीव्रता पाएपछि त्रास बढेको व्यवसायीहरुले बताएका छन् ।
 
भारतीय मोबाइल नम्बर ००९१–८२९४६०२५९१ बाट सुनिल सिंहको नामले धम्की आउने गरेको व्यवसायीहरुले जानकारी दिएका छन् । बीरगन्जका लगभग आधादर्जन व्यापारीहरुलाई भारतीय अपराधी सुनिल सिहंले फोन गरेर पैसा माग गरेको छ । धम्कीको बारेमा प्रहरीलाई मोबाइल नम्बरबारे अवगत गराइएको र पिडीत व्यवसायीले प्रहरीलाई लिखित उजुरी समेत गरेको वीरगन्ज उधोग वाणिज्य संघका अध्यक्ष अशोक बैधले बताए । केहि समयदेखी फिरौतीको मांग र फोन धम्कीबाट राहत महसुस गरेका यहांका उधोगी व्यवसायीहरुले दुई महिना यता फेरी आतंकीत बनेको उनले बताए । 
 
भारतीय अपराधिक गिरोहबाट आएको धमकीको घटनालाई प्रहरीले समान्यरुपमा लिइरहेको व्यवसायीहरुले आरोप लगाएका छन् । प्रहरीले व्यवसायीलाई धम्काएको आरोपमा असोज २२ गते पर्साको मिर्जापुर गाविस निवासी जितेन्द्र गिरीलाई पक्राउ गर्यो,तर जितेन्द्रको कुनै संलग्नता प्रहरीले प्रमाणित गर्न सकेन , दुई दिनपछि प्रहरीले जितेन्द्रलाई लागुऔषध सहित पक्राउ गरेको जानकारी गरायो । प्रहरीले आफनो सकृयता देखाउन जितेन्द्रलाई पक्राउ गर्यो र पछि उसलाई फसाउनकालागि लागुऔषध सहित पक्राउ परेको जनाएपछि प्रहरीको भुमिका शंकास्पद देखिएको छ । जितेन्द्रलाई व्यवसायी धम्काएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको अधिकारी इमेलबाट स्थानिय संचारकर्मीलाई असोज २२ गते अधिकारीक जानकारी गराइएपनि २४ गतेको इमेलमा जितेन्द्र गिरी लागु औषध सहित पक्राउ परेको जानकारी प्रहरीको तर्फबाट आएपछि प्रहरीको भुमिका शंकास्पद देखिएको हो ।
 
पर्साका प्रहरी उपरिक्षक दिवेश लोहनीले व्यवसायीहरुलाई धम्की आउने गरेको स्विकार्य गरे । अपराधीमाथी अंकुश लगाउन प्रहरी सकृय रहेको समेत उनले दाबी गर्दै लोहनीले भर्ने भारतिय अपराधीको गतिविधी निरस्त गर्न प्रहरी लागी परेको छ ’ । जितेन्द्रको संनदर्भमा लोहनीले लागु औषध सहित पक्रउ परेको र थप अनुसंधान भइरहेको बताए । व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेको लोहनीले अस्किार गरे । 
 
यता जितेन्द्र निर्दोष रहेको भन्दै मिर्जापुरका स्थानिय वासिन्दाले आइतवार पर्साका प्रंमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् । प्रमुख जिल्ला अधिकारी दवाडीले घटनाको निष्पक्ष छानबीन भइरहेको बताए ।   
विगतको प्रहरी प्रमुुखहरुले सिमावर्ती विहार प्रहरी संगको राम्रो समन्वय गरेको कारण वीरगन्जमा सिमापारीबाट हुने अपराधीक कृयाकलाप रोकिएको थियो । पछिल्ला वर्षहरुमा वीरगन्जका प्रहरी प्रमुखको जिम्मेवारी पाएका तत्कालिन एसपीहरु राजेन्द्रमान श्रेष्ठ, रमेश खरेल, पितामबर अधिकारी, धिरजप्रताप सिंहले सिमावर्ती प्रहरी संगको राम्रो समन्वयकै गरेकै आधारमा भारतिय अपराधीक गिरोहको गतिविधी न्युन बनेको व्यवसायीहरुले बताएका छन् ।  
 
एसएसपी सर्वेन्द्र खनाल नरायणी प्रहरी प्रमुखकोरुपमा कार्यरत रहदा वीरगन्जमा भारतिय अपराधीक गिरोहको गतिविधी शुन्य बनेको थियो । एसएसपी खनाल र एसपी धीरज प्रताप सिंहको सरुवा संग संगै भएकोले पुन. भारतिय अपराधीक गिरोह सकृय भएको प्रतिकृया व्यवसायीहरुको रहेको छ । 
 
३ वर्ष अगाडी वीरगन्जका व्यापारीहरुको लागि आतंक बनेका मुन्ना शर्माको गतवर्ष भारतको मोतीहरी नजिकै सुनिल सिहं समूहले हत्या गरेपछि सुनिल सिंह समुह वीरगन्जमा आफनो अपराधीक पहुच स्थापीत गर्ने सक्रिय भएको हो । आफु भन्दा ठुला अपराधीलाई सिध्याएर आफ्नो वर्चस्व स्थापित गर्न दुई दशक अगाडी देखी सिमापारीबाट क्रमशः देवेन्द्रनाथ दुबे, बृजविहारी गुप्ता,बब्लु श्रीवास्तव,राजन तिवारी,राजु सिंह राठौर तथा छोटेलाल सहनी,मुन्ना शुक्ला लगायतका दजनौ कुख्यात अपराधीले एकअर्काको हत्यागरि सिमावती क्षेत्रमा आफ्नो वर्चस्व स्थापितगरि वीरगन्जका उधोगी व्यवसायीहरुलाई धमकउदै रकम वसुल्दै आएका छन् ।

Post a Comment

0 Comments