Subscribe Us

चक्रे र घैंटेको लास्ट फाईट हंकङकमा
गुण्डा जुदाउँदै पक्राउँदै डन रोज राणा

काठमाडौं । डान्स रेष्टुरेन्ट सञ्चालकबाट चलचित्र निर्माता हुँदै नेपाली फिल्मका नायक बनेका सरोज थापा उर्फ रोज राणा राजधानीमा हिजोआज कुख्यात गुण्डाको दुत (एजेन्ट) का नामले समेत चिनिन थालेका छन् । राणाले पछिल्लो समयमा प्रहरीको सूचना गुण्डालाई र गुण्डाका सूचना प्रहरीलाई दिन थालेपछि राणालाई उनकै साथीभाईले ‘दुत’ नामकरण गरेका हुन् । डान्स रेष्टुरेन्ट सञ्चलानकोे नाममा युबतीलाई जर्वजस्ती नाङगो नृत्य गर्न लगाएपछि चेलीबेटी बेचविखन मुद्दामा राणा ८ महिना जेलमा थन्किएका थिए । 

जेलबाट छुटे लगत्तै राणा प्रहरीका नामुद सुराक बनेका छन् । राणाको दैनिकी यतिखेर गुण्डाहरुलाई जुदाउने, अरुको सूचना प्रहरीलाई दिने तथा गुण्डाको सूचना प्रहरीलाई पु¥याएर प्रहरीका हाकिमका नजरमा आफू सहयोगी भएको भ्रम फिजाउने थालेका छन् । सत्ययुगमा नारदले निभाउने भूमिका कलियुगमा राणाले निभाउन थालेपछि कुख्यात गुण्डा सुजन पौडेल उर्फ रमेश बाहुन पक्राउ परेभने अर्का गुण्डाका नाईके दिनेश अधिकारी ‘चरी’ प्रहरीको ईन्काउण्टरमा मारिए । डन ‘चरी’ को सुचना समेत  राणाले दिएको प्रहरी उच्च स्रोतको दाबी छ । राणा अहिले अर्का कुख्यात गुण्डा कुमार श्रेष्ठ उर्फ घटैं र मिलन गुरुङ उर्फ चक्रेलाई जुदाउने योजनामा लागेका छन् ।

 बाहिरी रुपमा घटैंको दुस्मन झैं आफूलाई प्रस्तुत गर्ने राणा भित्रभित्रै घैंटेको खास दुत भएको उनी निकट स्रोतको दावी छ । कुख्यात गुण्डा चक्रेलाई हंकङक पु¥याएर ढाल्ने रणनीतिमा घैंटे लागेको स्रोतले बतायो । सो योजना अनुसार दुत राणाले चक्रेलाई हङकङमा पु¥याएर घैंटेलाई ढाल्नुपर्छ भन्दै उकासिरहेको स्रोतले बतायो । भेडो स्वभावका चक्रे हङकङ पुगेरै भएपनि घैंटेलाई हान्ने तयारी गरिरहेकै बेला  राणाको योजना सार्वजनिक भएपछि दुबै डन सतर्क भएका छन् । डन चरी प्रहरीको इन्काउन्टरमा मारिएपछि हङकङमा बस्दै आएका घैंटे चक्रेस“ग लड्ने तयारीमा रहेको स्रोत बताउ“छ । चक्रे पनि जेलबाट छुट्ने दिन आफ्नो जीवनको लास्ट फाईट बा“की रहेको र त्यो घैंटेस“ग हुने भन्दै बाहिर निस्किएका थिए ।

 लामो समय जेलमा बिताएका डन चक्रेको हङकङमा समेत राज थियो । पोखराका गुरुङहरुलाई साथमा लिएर चक्रेले हङकङमा समेत आफ्नो जगजगी फैलाएका थिए । चक्रे जेल परेको फाईदा उठाउ“दै घैंटेले हङकङमा आफ्नो राज चलाउन थाले । नेपाली ब्यापारीहरुलाई थर्काउने तथा हप्ता असुली गर्ने काम घैंटेले हङकङमा पनि कायम राखेको स्रोत बताउ“छ । हङकङमा चक्रेलाई राजा मान्ने पोखराका चेतन गुरुङ, बिशाल रुङलगायतको समुहले सहयोग गर्ने बचन दिएपछि घैंटेले हङकङमा नै चक्रेलाई मार्ने योजना बुनेका थिए । घैंटेका एजेन्ट डन राणाको नियतमा चक्रेले खोट देखेपछि उनी यतिखेर सचेत भएका हुन । चरी ईन्काउन्टरमा मारिएपछि डन राणाले सुराकी दिएको कुरा सार्वजनिक भएपछि गुण्डाहरु उनीस“ग सशंकित बन्न पुगेका हुन् ।

 राणाले पछिल्लो समयमा मृतक चरी र रमेश बाहुनलाई चक्रेस“ग मिटिङ राखेर घैंटेलाई हान्नु पर्छ भन्दै योजना बुनेका थिए । ललितपुरका डन मिनकृष्ण महर्जनलाई गोली हान्ने मिटिङमा समेत डन राणा सामेल भएको स्रोत बताउ“छ । मिनकृष्णलाई गोली हान्ने सूचना समेत राणाले नै चुहावट गरेको आरोप उनीमाथि लागेको छ । महर्जनलाई गोली प्रहार गरेपछि राणाले नै बाहुनलाई भारतको बिधाएको घरमा बस्ने व्यबस्था मिलाएका थिए । पछि राणाले बिधाएको भाईको सूचना प्रहरीलाई दिएपछि बाहुनलाई पक्राउ गर्न प्रहरी सफल भएको थियो ।

Post a Comment

0 Comments