Subscribe Us

तीन किलो सुनसहित चार पक्राउ

बनेपा । तीन किलो अवैध सुनसहित चारजनालाई प्रहरीले आज बनेपास्थित हरिबोल कुँवरको घरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपाका हरिवोल कुँवर, जिल्लाकै धर्मराज कुँवर, कमल भुजेल र भीमबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको पूरा ठेगाना खुलाएको छैन ।

चीनको खासातर्फबाट तातोपानी हुँदै अवैधरुपमा भन्सार छलेर ल्याएको सुन कुँवरको घरमा राखेको अवस्थामा प्रहरीको विशेष अनुसन्धान टोलीले छापा मारी सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

बरामद सुन र अभियुक्तलाई कारबाहीका लागि प्रहरीले राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको जनाएको छ । बरामद गरिएको सुनको बजार मूल्य करिब रु एक करोड १० लाख भएको अनुमान गरिएको छ ।

Post a Comment

0 Comments