Subscribe Us

पसल चोर्ने गिरोह पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराधमहाशाखा हनुमानढोकाले चोरी भएका २३ लाख रुपैंयाँ बराबरको समानसहित चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उक्त गिरोहबाट चोरी भएका वभिन्न किसिमका साडी, कुर्ता सलवार, लेहेंगा, टेलिभिजन लगायतका २३ लाख रुपैयाँ बराबरको महिलाको पहिरनका सामानहरु बरामत गरेको छ ।

 पक्राउ पर्नेहरुमा काठमाडौं नक्साल बस्ने भारत कोलकत्ता हाउडा घर भएका ३० वर्षीय चन्दन सिंघानिया,प्र २८ वर्षीय राजन सिंघानिया र काठमाडौं तिनकुने बस्ने धनुषा जिल्ला जनकपुर नगरपालिका–२ घर भएका ३१ वर्षीय सचिन भन्ने श्रवण कुमार पौद्धार रहेका छन् ।

 प्रहरीले उनिहरुको साँथबाट टेलिभिजन १ थान, सिसिटिभीको मनिटर हार्डडिस्क १ थान, साडी ४ सय १५ थान, लेन्गिज ३ सय ८६ थान, टप्स १ सय ४५ थान, कुर्ता सुरुवाल ९५ थान, लेहेगां १० थान, रिमोट २ थान, सिसामा लगाउने ताल्चा १ थान, खैरो रङ्गको पन्जा १ जोर र रातो प्लाष्टिकका झोलाहरु बरामद भएको जनाएको छ । गिरोहले गत असोज १० गते राति ज्ञानेश्वरस्थित रेणु राजभण्डारीले संचालन गरेको ऐश्वर्या द बुटिकमा चोरी गरेका थिए ।

 गिरोहले चोरी गरिएका सामान मैतीदेबी घट्टेकुलोस्थित नरेन्द्र प्यासीको घरमा सटर भाडामा लिएर उक्त सामानहरु राखिएको अबस्थामा महाशाखाको टोली बरामत गरेको हो । गिरोहलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सोमवार महानगरीय प्रहरी वृत्त कमलपोखरी पठाएको महाशाखाले जनाएको छ ।






Post a Comment

0 Comments