Subscribe Us

बबरमहल बस दुर्घटना मोटरसाइकलमा सवार ३ को मृत्यु

राजधानीको बबरमहलस्थित काठमाडौं जिल्ला अदालत नजिकै बस दुर्घटना भएको छ। राजधानीकै अत्याधिक व्यस्त मानिएको सडकमा बस पल्टिँदा केही मोटर साइकललाई किचेको छ। जसबाट मोटरसाइकलमा सवार ३ जनाको ज्यान गएको छ। यस्तै घटनामा परी चार जना घाइते भएका छन्। काठमाडौँ-धुलिखेल चल्ने बा१ख ८६७६ नम्बरको मिनीबस काठमाडौं जिल्ला अदालतअगाडि पल्टिएको हो। 
बस पल्टिएसँगै बा ६२ प ३६९८, बा ३६ प २३७६, बा ३७ प ७६३, बा ५६ प ३५३८ नम्बरका मोटरसाइकल पनि किचिएका थिए। दुर्घटनामा घाइतेलाई सिभिल अस्पताल लगिएको छ। अहिले घटनास्थलमा प्रहरी पुगेको छ भने दुर्घटनाका कारण त्यस क्षेत्रको ट्राफिक अवस्था समेत प्रभावित भएको छ।   
 


 

Post a Comment

0 Comments