Subscribe Us

एच एन्ड बी डेभलपमेन्ट बैंककी सैंजु पक्राउमा ठूूलो खेल,
उजुरी कर्ता नै ठग मनोज चौरासियाको पाट्नर तथा अबैध हुण्डी र जाली नोटको कारोबाारी

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकाले  एच एन्ड बी डेभलपमेन्ट बैंककी जसोदा सैंजु र सञ्चालक पुष्पज्योति ढुंगानालाई  पक्राउ गरेपछि नयाँ रहस्य खुलासा भएको छ । बैंकमा जम्मा गरेको ४ करोड ७८ लाख अपचलन भयो भन्दै प्रहरीमा उजुरी हाल्ने न्यू एसिया प्यासिफीक ट्रेडर्स प्रालिका मालिक प्रशान्त अग्रवाल नामि ठग मनोज चौरासियाको पाट्नर तथाअबैध हुण्डी र जाली नोटको कारोबाारी भएको रहस्य खुलुको हो ।

अग्रवालले न्यू एसिया प्यासिफीक ट्रेडर्स प्रालिको तर्फबाट एच एन्ड बी डेभलपमेन्ट बैंकमा खाता खोली जम्मा गरेको ४ करोड ७८ लाख उक्त बैंकको कुलेश्वर शाखाबाट अपचलन भएको उजुरी अपराध महाशाखा हनुमानढोकामा गरेका थिए  ।

 १० महिनाअघि बैंकको कुलेश्वर शाखा प्रमुख निरज नेपालले ग्राहकद्वय मनोज चौरासीया र जयकुमार यादवलाई करोडौ रुपैयाँ “गुड फर पेमेन्ट” भुक्तानी दिएका थिए । १० करोड रुपैयाँ भुक्तानी गरेको प्रमाणित भएको छ भने करिब ५८ करोड रुपैयाँ बराबरको अपचलन भएको बैंकको दाबी छ । एच एण्ड बीमा भएको घोटालाको वास्तवीकता प्रहरीले जानी—जानी बाहिर नल्याएको हो कि ल्याउन नचाहेको हो । यो पनि एउटा अनुसन्धानको विषय बनेको छ ।

अहिले प्रहरीमा उजुरी हालेर सैजु र ढुंगाना गिरफ्तार गर्ने लगाउने प्रशान्त अग्रवाल “गुड फर पेमन्ट”को मास्टरमाईन्ड भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । हाल मुद्दा पुर्पक्षका लागी थुनामा रहेक मनोज चौरासिया प्रशान्त अग्रवालको खास पार्टनर भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।   मनोज चौरसियाले एच एण्ड बी बैंकबाट ऋण लिदा अग्रवालले आफ्नो घर धितोमा राखेकोले चौरसिया र अग्रवालबीच घनिष्ट सम्बन्ध रहेको पुष्टि हुन्छ ।

एच एण्ड बी बैंकमा लगभग दुई वर्ष अगाडिदेखि “गुड फर पेमन्ट”को लफडा चलिरहेको र हाल अख्तियारमा कार्यरत वरिष्ठ अधिकृतहरुको नै रकम “गुड फर पेमन्ट”मा फसेकोले आफ्नो पैसा निकाल्न प्रहरीकै इसारामा प्रशान्त अग्रवाललाई मोहरा बनाएर नयाँ खेल खेल्न थालिएको स्रोत बताउँछ ।

प्रशान्त अग्रवालको पैसा यदि एच एण्ड बी बैंकमा जम्मा थियो भने जुन बेला यत्रो ठूलो घटनाको पर्दाफास भयो । त्यो बेला अग्रवालले रकमको दाबी किन नगरेको भनी प्रश्न उठ्न थालेको छ । मनोज चौरसियाको मुन्सीको रुपमा कार्यरत कुमार ढकालपनि हाल चौरसियासँगै नख्खु जेलमा बन्द छन् ।

 कुमार ढकालले प्रयोग गर्ने गरेको डायरीमा डिआईजी हेमन्त पाल, पूर्व मन्त्री बंशीधर मिश्रा, प्रशान्त अग्रवाल लगायत गन्यमान्य व्यक्तिहरूको नाम र रकम उल्लेख छ । उक्त डायरीको फोटोकोपी ढकालको पिताजीले सिआईबी, राष्ट्र बैंक लगायत सरोकारवाला निकायमा उपलब्ध गराउँदा पनि कुनै किसिमको कारवाही अगाडि बढाइएन ।

काठमाण्डौको न्यूरोड पाकोस्थित ताम्राकार हाउसको दोस्रो तल्लामा देखावटी रुपमा पसल संचालन गरी बसेका प्रशान्त अग्रवाल र उनका पिता विश्वनाथ अग्रवाल बास्तवमा जालीनोट र हुन्डीको ठूलो कारोवारी हुन । प्रशान्त अग्रवाल केही महिना अगाडि किर्ते जालसाजी गरेको अभियोगमा भिमफेदी जेलमा बन्द थिए । त्याहाँबाट टेपछि अग्रवालले आफ्नो पुरानो धन्दालाई निरन्तरता दिने दौरानमा हाल यो घटना घटाइएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments