Subscribe Us

सरकारी गाडी चोरदै कर्मचारी
सिंहदरबारबाटै करौंडौंको गाडी गायव

 काठमाडौं । सबैभन्दा सुरक्षित स्थानको मानिने देशको केन्द्रीय सचिवालय सिंहदरबाटै सरकारी गाडी हराउने गरेको रहस्य खुलेको छ । शहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्कीले संसदको अर्थ समिति बैठकमा सभासदहरुकै सामुन्ने सिंहदरबार परिसरबाट करोडौं रुपैयाँका सरकारी गाडीहरु हराएको दाबी गरेका हुन ।

 चोरी पनि नगद वा सानातिना सामान होइन, अनगिन्ती सरकारी गाडीहरु सिंहदरबारभित्रैबाट चोरी भइरहेको  सचिब कार्कीले दाबी गरेका हुन । उनले निस्फिक्री भएर भने, सिंहदरबार भित्रैबाट कति गाडी हराए भन्ने लेखाजोखा नै छैन ।’सहसचिवभन्दा माथिका सरकारी कर्मचारीलाई सरकारले गाडी सुविधा दिने चलन छ ।
 
विभागीय प्रमुखहरुका हकमा उपसचिवले पनि सरकारी गाडी पाउँछन् । सचिव कार्कीले कसैले सरकारी गाडी नै बेच्ने गरेको र कतिपयले सेतो नम्बर प्लेट फालेर भाडामा लगाउने गरेको जिकीर गरे। कार्कीले भने(‘केही व्यक्तिले आफूलाई सरकारले सुविधा वापत दिएको गाडी भाडामा लगाएर प्रोजेक्टका महँगा गाडी चढ्ने गरेका छन्, कतिपयले त्यस्ता बेचेको समेत पाइएको छ ।’
 
कार्कीले त्यस्ता व्यक्तिको नाम भने समितिलाई उपलब्ध गराएका छैनन् । उनको कुरा सुनेपछि अचम्मित भएका सभासदहरुले सरकारी गाडी बेच्ने र भाडामा लगाउने कर्मचारीहरुको नाम सार्वजनिक हुनुपर्ने र उनीहरुमाथि कारवाही गर्नुपर्ने बताए । अर्थ समितिले सरकारी गाडीहरुको व्यवस्थापनका सन्दर्भमा छलफल गर्न मुख्य सचिव लीलामणि पौडेलसहित विभिन्न मन्त्रालयका सचिवहरुलाई समितिमा बोलाएको थियो ।
 
सरकारी गाडीहरु सरकारी कर्मचारीबाटै दुरुपयोग हुने गरेको र हराउने गरेको मुख्यसचिवदेखि सचिवहरुसम्मको कुराबाट पुष्टि भएको समितिका एक सदस्यले बताए । सो बैठकमा मुख्यसचिव पौडेलले सिंहदरबारमा बेबारिसे गाडीहरु धेरै भएको भन्दै एक वर्षभित्रमा लिलामी गरेर सबै गाडी हटाउनु पर्ने प्रस्ताब राखेका थिए । समितिमा अर्थसचिव सुमन शर्मा, भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौला, प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदी लगायतले सरकारी गाडी लिलामीमा पनि समस्या रहेको बताएका थिए

Post a Comment

0 Comments