Subscribe Us

जुवा खेलाए रै करौडको महल
पक्राउको नाटक डिएसपी तमाङको ठूलै आम्दानी,

काठमाडौं । राजधानीका क्यासिनो बन्द हुन थालेपछि घरघरमै क्यासिनो कै शैलीमा जुवा अखडा फस्टाउन थालेका छन् । चाडबाडको बाहानामा जुवा खेल्ने र खेलाउने जुवाडेपनि बड्न थालेका छन् । दुई साता भित्र महानगरिय प्रहरीले जुवा खेलाउने यस्ता तिन ठूला अखडामा छापा मारेको छ ।

 मंगलवार महानगरीय प्रहरी बृत्त बानेश्वरले ठूलै जुवा घरमा छापा मारेर लार्खै रुपैया“सहित २९ जुवाडेलाई पक्राउ ग¥यो । घर मालिक तथा जुवा खेलाउने कमला थापापनि प्रहरीको फन्दामा परिन । बानेश्वर बृत्तबाट खटिएको डिएसपी रमेश कुमार तमाङको टोलीले अखडा सञ्लालिका थापाकासहितको जुवाडेलाई पक्राउ गरेको हो । व्याबसायीक रुपमा जुवा अखडा खेलाउदै आएकि थापाले जुवा खेलाएकै भरमा भिमसेन गोलामा करौंडौ रुपैयाको महल जोडेकी छिन । पटके जुवाडेलाई प्रहरीले पक्राउ गरेपनि ठूलै सहमति भएपछि सहजै उन्मुक्ति दिएका छन् ।

 जुवा अखडामा डिएसपी तमाङले ५ लाख बिस हजार रुपैंया बरामत भएको मुचुल्का तयार पारी जिल्ला प्रशासन कार्यालय बबरमहलमा पेश  गरेर जुवाडेलाई एकै रातमा छुटकारा दिएका छन् । जुवा एने अन्तरगत मुद्दा चलाउदा एक सातासम्म थुनामा बस्नुपर्ने भएकोले डिएसपी तमाङले पक्राउ परेकाहरुलाई ठूलै ठिलमा सहमति भएपछि प्रशासन कार्यालयमा पेश गरेका हुन ।
पक्राउ परेका जुवाडेका नामवली






पक्राउ परेका जुवाडेहरुलाई प्रशासन कार्यालयबाट बिहीवार कागज गराई छाडिएको छ,  भने पक्राउ परेको पा“च लाख रुपैया जफत गरीएको छ । पक्राउ परेका जुवाडे पटक पटक जुवा अखडाबाट नै पक्राउ परेका पटेक थिए भने केही अखडा सञ्चालिका थापाको जन्मउस्वब पार्टीमा सरिक हुन आएका थिए । प्रहरीले छापा मारेको दिन अखडा सञ्चालिकका थापाको जन्म दिनको पार्टी थियो । पक्राउ परेका जुवाडेलाई जुवा ऐन अन्तरगत मुद्दा नचलाई प्रशासन कार्यालयमा पेश गर्नुले डिएसपी तमाङको नियतमाथी प्रश्न चिन्ह खडा भएको छ । यस्तो छ जुवा एने
 
टोल टोलमा जुवा अखडा 
 
 राजधानीमा सबैभन्दा ठूलो जुवा अखडा डिल्लीबजारका प्रभु शमशेर राणाले कालीकास्थानमा सञ्चालन गर्दै आएका छन् । गत दशैदेखि तिहारसम्म एक महिनाको अबधिमा सो जुवा घरमा एक अर्ब बराबरको हारजित भएको जुवाडेहरुबीच चर्चा छ । हिजोआज पनि मोबाईल शैलीमा सो अखडा सञ्चालन हुने गरेको छ । प्रहरीको छापाबाट बच्न जुवाडेहरुले मोबाईल जुवा अखडाको नाम दिएर एक दिन, एक ठाँउमा र अर्को दिन अर्कै ठाउँमा जुवा सञ्चालन हुने गर्छ ।

 बिगत ५ बर्षदेखि सञ्चालित राणाको जुवाघरको बारेमा नेपालका सबै प्रहरीलाई सूचना भएपनि कसैले छापामार्ने आँट गरेको छैनन् । त्यसतै कपन गोपिकुष्ण हल पछाडी अन्जिली श्रेष्ठले जुवा अखडा सञ्चालन गर्दै आएकी छिन । जुवा अखडा सञ्चालन गरेकै भरमा श्रेष्ठ बिश्वकै सर्बाधिक लोकपिर्य बियमडब्लुमा रमाउदै आएकि छिन् । दरबारमार्ग अन्नपूर्ण कफिसपमा दिन बिताउनु श्रेष्ठ जुवाडेहरु बिच माहारानीको नामले परिचीत छिन । श्रेष्ठले बिगत १० बर्षदेखी जुवा अखडा ंसंञ्चालन गर्दै आएकी छिन् । श्रेष्ठले सञ्चालन गरेको जुवा अखडामा पूर्ब राजाका ज्याई राजबाहादुर सिंहका दाजु हरिस सिहसमेत पुग्ने गर्छन् । बानेश्वरमा रहेको नेत्रकमल छुनामुना बिद्यालय अगाडी मदनबहादुर कंडेलले जुवा अखडा सञ्चालन गर्दै आएका छन् ।

 राजधानीको जुवा अखडामध्ये कंडेलको अखडा टपटेनमा पर्छ । उक्त जुवा अखडामा नेता, कर्मचारी, तस्करी, प्रहरीका हाकिम नै आउने गरेका छन् । ब्यापारी अमृत गुरुङ, कानून क्षेत्रका सुरेन्द्रशमशेर जबरा, नायक भुवन केसीका बुबा मदनबहादुर केसीलगायतका व्यक्तिहरु जुवाका पारखी भएको स्रोत बताउ“छ । त्यस्त,ै बौद्ध चुच्चेपाटी क्षेत्रमा खेमबहादुर श्रेष्ठले क्यासिनो शैलीमा जुवा अखडा सञ्चालन गर्दै आएका छन् । प्रहरीले राजधानीका क्यासिनोमा नेपाली जुवाडेलाई प्रवेश कडाई गरेयता जुवाका सौखिनहरुले क्यासिनोकै शैलीमा घरघरमै मिनी क्यासिनो सञ्चालन गर्न थालेका हुन् ।

 पार्किङको राम्रो ब्यबस्था भएको बंगलामा किचेन र बारसहितको सेवा सुविधासहित दिएर ब्यबसायिक रुपमै यस्ता अखडाहरु सञ्चालनमा ल्याउन थालेका छन् । क्यासिनोकै शैलीमा राजधानीका टोलटोलमा जुवा अखडा सञ्चालन भइरहेपनि प्रहरीले त्यसको सुईंको नपाएको जस्तो नाटक गर्दै आएको छ । तर सानातिना म्यारिज खेल्ने अखडामा भने प्रहरीले छापामारी काम देखाउने नाटक गर्दै आएको छ ।  राजधानीमा लामो समयदेखि जुवा खेलाउँदै आएका राम लामाले सञ्चालन गरेको जुवाघरमा प्रहरीले पटकपटक छापा मारेपनि लामा भने फुत्किदै आएका छन् । जुवाघरका सञ्चालक लामा लामो समयदेखि राजधानीमा जुवा खेलाउँदै आएका व्यक्ति हुन् । 

Post a Comment

0 Comments