Subscribe Us

सिके राउत धरौंटीमा रिहा

 काठमाडौं । विशेष अदालत डा सीके राउतलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । थुनछेक बहसपछि न्यायाधीश मोहनरमण भट्टराई र भुपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतलाई ५० हजार धरौटी लिईर तारेखमा छाड्न आदेश गरेका हुन ।  राउतलाई सरकारको तर्फबाट सरकारी वकिलेले जन्मकैदको माग गर्दै असोज २२ गते विशेष अदालतमा  अभियोग पेश गरेका थियो ।

 राउतविरुद्ध राज्यविरुद्धको अभियोग लागेको छ ।  मोरङको सोराभाग ३ रंगेलीमा सर्वसाधारणलाई भेला गराई डर त्रास फैलाई आतंकित बनाई सामाजिक सद्भाव भड्काउने, शान्ति सुरक्षामा खलल पुर्याउने कार्य गरेको अभियोगमा उल्लेख छ ।
 
राउतले मधेसलाई नेपालबाट अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएको र सोही व्यहोरोको लेख रचना तथा किताब छपाई मुलुकको सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्याएको अभियोगमा उल्लेख छ । तर राउतले सरकार पक्षले लगाएको जस्तोे अपराध आफूले नगरेको दाबी अदालतसमक्ष गरेका छन् । स्रोतका अनुसार राउतले अदालतमा मधेसलाई नेपालबाट अलग  गर्नुपर्छ भन्ने जस्ता अभिबेक्ती नदिएको दाबी गरेका छन् ।

Post a Comment

0 Comments