Subscribe Us

सुनको किर्ते सुराकी काण्ड अख्तियारमा
मिलाउन विचौलियाको चलखेल

डीआईजी अर्यालमाथि निलम्बनको तयारी
काठमाडौं: नक्कली सुराकी खडा गरेर सुनबाट करोडौं सुराकी कमिशन खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका मध्येक्षेत्रका डीआईजी प्रकाश अर्यालले आफू फस्ने अवस्था देखेपछि आइजीपी उपेन्द्रकान्त अर्यालको नाम पोलेका छन् । ३५ किलो सुन प्रकरण्ँमा करिब ३ महिना पहिले सोधपुछको लागि अख्तियारले डीआइजी प्रकाश अर्याल, एसएसपी उत्तम कार्की, एसपीद्धय ईश्वर बाबु कार्की र पिताम्बर अधिकारीलाई बयान लिएको थियो । डीआइजी अर्यालले अख्तियारमा बयानका क्रममा पहिले देखि नै यहि चलन रहेकोले यदि आफूहरु माथि अनुसन्धान हुने हो भने यस भन्दा पहिले सिआइबी प्रमुख रहेका हालका आइजी उपेन्द्रकान्त अर्यालको कार्यकालको १ किलो र डीआइजी केशबहादुर शाहीको कार्यकालको ५ किलो सुनमा भएको सुराकी कमिशन घोटला प्रकरण्ँको समेत छानबिन गरिनुपर्ने कुरा उठाएपछि प्रहरीभित्र भुईंचालो गएको छ ।
२०६९ साल माघ ८ गते सिआईवीले महाबौद्धबाट ५ किलो सुन सहित दुई जनालाई पक्राउ गरेको थियो । उक्त बरामद सुनको सुराकी रकम डीआईजी शाही र एसपी ईश्वरबाबु कार्कीले मिलेको खाएको र आपूmलाई नदिएको भन्दै एसएसपी उत्तम कार्कीले प्रहरी प्रधान कार्यालयमा उजुरी समेत हालेका थिए । 

पछि प्रहरी संगठनकै बद्नाम हुने डरले आईजीपी उपेन्द्रकान्त अर्यालको दबाबमा कार्कीलाई सुराकीको रकम दिलाएर मिलापत्र गरिएको थियो । यसरी पैसाका लागि सिआईवी जस्तो संस्थामा फोहोरी खेल खेल्ने प्रहरी अधिकारीहरु नै यतिखेर अख्तियार धाएका छन् । तर ३५ किलो सुन सुराकी काण्डमा प्रहरीका धेरै बरिष्ठ अधिकृतको जागिरै जान सक्ने सम्भावना देखिएपछि उक्त मुद्दा नचलाई पीडित पक्षलाइ दबाब दिई मिलापत्र गराउने प्रयास समेत भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त कार्कीले ३५ किलो सुन काण्डमा संलग्न जुनियर प्रहरी हरुलाई पक्राउ गर्ने र बरिष्ठ अधिकृतहरुलाई निलम्बन गरेर कारबाही अगाडी बढाउने तयारी गरेपछि आईजीपी अर्यालले प्रहरीमा विचौलिया र ठेकेदारीको काम गर्ने दिपक भट्ट मार्फत अख्तियारमा सेटिङ मिलाउन लागेको उच्च प्रहरी स्रोतको दावी छ ।
यो काण्डको निष्पक्ष अनुसन्धान गर्दै जाँदा लहरो तान्दा पहरो झर्ने अवस्था आउने आंकलन अख्तियार सम्बद्द अधिकारीहरुले गरेका छन् । यसरी आइजीपी अर्याल नै फस्ने अवस्था देखेपछि विचौलिया ठेकेदार भट्टले पाँच करोड अख्तियारलाई बुझाएर मुद्दा मिलाउने प्रयास गरिरहेको स्रोत बताउँछ । अख्तियारबाट हुन सक्ने अनुसन्धान र आफूमाथि हुन सक्ने सम्भावित कारबाहीको कारण्ँ आइजीपीको पद खुस्किने डरले हालै मात्र अख्तियारकै बिशेÈ सिफारिसमा एआइजीमा बढुवा भएका प्रमुख आयुक्त कार्कीका निकट प्रशासन विभागका एआइजी बिरेन्द्रबाबु श्रेष्ठले पनि आफ्नै ढंगले अख्तियारमा लविङ गरिरहेका छन् । 

सुनको सुराकी मुद्दाको अनुसन्धान अगाडी नबढाउनका लागि आइजीपी अर्यालले एआइजी श्रेष्ठलाई असली सुराकी पÔसँग भेटघाट गरी मिलापत्र गर्न दबाब दिएपनि सुराकीहरुले नमानेपछि यो मुद्दा अप्ठेरो बन्दै गइरहेको छ । यहि मुद्दा मिलाउन र रोकिएको डेढ अर्ब मूल्यको हतियार खरिद प्रक्रिया सहज बनाउन प्रशासन बिभागका प्रमुख रहेका एआइजी राजेन्द्रसिंह भण्डारीलाई प्रहरी एकेडेमीमा सरुवा गरिएको समेत खुलेको छ । ठेकेदार भट्ट, आईजीपी अर्याल र  अख्तियार प्रमुख कार्कीको संयुक्त पहलमा एआइजी बिरेन्द्रबाबु श्रेष्ठलाइ प्रशासन विभागको प्रमुखको जिम्मेवारी दिइएको थियो ।

 तर हाल अख्तियार प्रमुख कार्कीले नै सुनको सुराकी काण्डमा बढी चासो देखाएका कारण आईजीपी अर्याल झस्किएका छन् भने ठेकेदार भट्टले करोडौं कमाउने अवसर भन्दै केश मिलाउन अख्तियार प्रमुख कार्कीलाई आर्थिक प्रलोभन देखाएका छन् । हाल विदेशमा रहेका कार्कीले स्वदेश फर्किएपछि कुन रुपमा प्रस्तुत हुने हुन् प्रहरी अधिकारीहरु नै अन्यौलमा परेका छन् । यता सक्कली सुराकीले मिलापत्र मात्र नभई दोषी प्रहरीहरुलाई अख्तियारले कारबाही नगरे अदालतमा मुद्दा हाल्ने चेतावनी समेत दिइसकेका छन् ।
अख्तियारको एउटा कोठामा पीडित पक्ष ९असली सुराकी० र प्रहरी अधिकारीबीच छलफल हुँदा प्रहरी टोलि असली सुराकी पक्ष प्रति एकदम आक्रामक रुपमा प्रस्तुत भएका कारण मिलापत्रको प्रयास विग्रिएको थियो । प्रहरीले चाहे जे पनि गर्न सक्ने भन्दै डीआइजी प्रकाश अर्यालले पीडित पक्षलाई घुमाउरो भाषामा इन्काउन्टर गरिदिने भन्दै अख्तियार परिसरमै धम्की दिएका कारण मिलापत्र प्रयास सहज बन्न नसकेको हो ।
तत्कालिन सिआइबी प्रमुख अर्यालले चीनबाट भारततर्फ तस्करी हुन लागेको ३५ किलो सुन बोकेर आउँदै गरेको गाडीको सुराकी पाएपछि  सिआइबीको टोलिले तातोपानी भन्सार गेटबाटै उक्त गाडी नियन्त्रणमा लिएको थियो ।  उक्त ३५ किलो सुन भएको भनिएको गाडीलाई ड्राइभर सहित पक्राउ गरेर सिआईवी कार्यालयमा ल्याएर चेकजाँच गर्दा सुन नभेटिए पछि उक्त गाडीलाई कोटेश्वर ट्राफिक वृतमा ल्याएर राखियो । तर जति कुटपिट र यातना दिंदा पनि सुन राखेको ठाउँ बताउन ड्राइभरले अश्विकार गरेपछि सिआइबी टोलीले ड्राइभरको जिउमा इसिजी मेसिनको तार, ब्लडप्रेसर नाप्ने मेसिन र ल्यापटप जोडे जस्तो गरेर झुट्टा बोलेको पत्ता लगाउने मेसिन भन्दै डर देखाए पछि साँचो कुरा खुल्ने डरले उक्त सुन लुकाइएको ठाउँ देखाउन ड्राइभर सहमत भएका थिए ।
लामो प्रयाश पछि उक्त गाडीमा लुकाई छिपाई तस्करी गर्न लगिएको ३५ किलो सुन बरामद गर्न प्रहरी टोलि सफल भयो र प्रहरीले पत्रकार सम्मेलन गर्यो, कोटेश्वरबाट उक्त सुन बरामद गरेको भनेर । जबकि उक्त सुन सहितको गाडी अघिल्लो दिन मध्यरातमा तातोपानी भन्सार गेटबाट सिआइबीका तत्कालिन प्रमुख डीआइजी अर्याल नेतृत्वको टोलिले पक्राउ गरेको थियो । उक्त समयमा सुन तस्करी हुन लागेको सूचना सिआइबीका तत्कालिन एसपी हाल बारा प्रहरी प्रमुख ईश्वर बाबु कार्की मार्फत ४ जनाको समूहले उक्त सूचना दिएको थियो ।
प्रारम्भिक अनुसन्धान पश्चात उक्त सुन राजश्व अनुसन्धान बिभागमा आवश्यक कारबाहीको लागि पठाउँदा सुराकी दिने व्यक्तिको नाम डीआइजी प्रकाश अर्यालले आफू निकट व्यक्तिहरु राखेर प्रतिबेदन बुझाएका थिए ।

राजश्व अनुसन्धान बिभागमा बुझाएको फाइलमा आपूm निकटका व्यक्तिहरु राखेतापानी असली सुराकी दिने व्यक्ति हरुलाई उनीहरुकै नाम राखेर पठाएको झुट्टा आश्वासन एसपीहरु पिताम्बर अधिकारी र ईश्वर बाबु कार्कीले दिएका थिए । यसरी असली सुराकी दिने पक्षले राजश्वमा बुझ्दा आप्mनो नाम नभएर प्रहरीका निकट मान्छेको नाम राखेको पाएपछि एसपीहरु अधिकारी र कार्कीसँग पटक पटक भएको बार्गेनिंगको अडियो भिजुअल सहित सुराकी दिने समूहले आवश्यक कारबाहीको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि उक्त सुन प्रकरण्ँको पर्दाफास भएको हो ।
उक्त ३५ किलो सुनको सरकारी नियम र तत्कालिन बजार भाउ अनुसार सुराकीले पाउने १५ प्रतिशत रकमले  करिब १५ करोड रुपैयाँ हुन आउँछ । सुराकी बापतको मोटो रकम झ्वाम पार्ने योजना बनाएका तत्कालिन प्रमुख डीआइजी अर्याल सहित एसपीहरु पिताम्बर अधिकारी, ईश्वर बाबु कार्की र उक्त सुन काण्डको अनुसन्धान गरेका अन्य सिनियर अधिकृतहरुको अहिले निदहराम भएको छ ।
अख्तियारले उक्त उजुरीमा गम्भीरता पूर्वक अनुसन्धान गर्ने हो भने अहिलेका आइजीपी अर्याल र हाल मध्येपश्चिम प्रहरी प्रमुख डीआइजी केशबहादुर शाही समेतको पद खुस्किन सक्ने अख्तियार स्रोत बताउँछ । आइजीपी अर्याल सिआइबी प्रमुख भएको बेलामा बरामद भएको १ किलो सुनको सुराकीमा सिआइबी मै कार्यरत एक जना असईको भाइको नाममा राखेर सबै सुराकी कमिसन आफैले  लिएको कुरा डिआईजी प्रकाश अर्यालले समेत अख्तियारमा बयान दिइसकेको स्रोतको दावी छ ।
दुई अर्यालको कनेक्सन
आइजीपी अर्यालका बिश्वाशपात्र एवम् सुन काण्डमा प्रमुख भूमिका रहेका डीआइजी प्रकाश अर्याल केहि बर्È पहिले लुम्बिनी अञ्चल प्रहरी प्रमुखको रुपमा एसएसपी पदमा रहँदा आफै तस्करीको सामान बोकेको गाडी स्कटिङ गरेर सुनौली नाका देखि नारायण्ँगढ सम्म पु¥याउने काम गर्दा बिबादमा तानिएका थिए । हात्तीका देखाउने दाँत र चपाउने दाँत फरक फरक भए जस्तै उनी पनि द्वैध चरित्रका प्रहरी अधिकृत हुन् ।
बाहिरबाट हेर्दा उनलाई कसैले पनि दोष देख्दैन तर उनको कमाउ धन्दा नै बिशेष खालको रहेको जानकार प्रहरी अधिकारीहरु बताउँछन् । उनी इन्चार्ज भएको ठाउँमा उनको मातहतका कुनै पनि प्रहरीले एक पैसा पनि घुस लिने आँट गर्दैनन् र कसैलाई एक पैसा खान पनि दिदैनन तर भारतीय र केहि नेपाली तस्करहरुसँग बिशेष सम्बन्ध भएका उनले भारतको गोरखपुरमा एउटा बिशाल  महल किनेको समेत खुलेको छ । उनले थोरै रकम घुस लिंदा पनि लिंदैनन भने प्रहरीमा बाहिरी रुपमा स्वच्छ छविको प्रहरी अधिकृतको रुपमा स्थापित हुन सफल समेत भएका छन् ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुखको रुपमा कार्यरत रहँदा तस्कर समूहसँग सिधै गोरखपुर बाटै सेटिङ मिलाएर दैनिक एक ट्रक तस्करीको सामान सुनौली देखि नारायण्ँगढ सम्म पास गराउने गरेका थिए । टाउकोमा सरदारहरुले लगाउने पगरी गुथेर, भेष बदलेर तस्करीको सामान बोकेको भारतीय ट्रक चढेर आप्mनो मातहतको राजमार्गमा खटिएको प्रहरीहरुले भारतीय ट्रकसँग के कति र कसरि रकम असुल्छन उक्त कुराको आफै अनुसन्धान गर्ने भन्दै तत्कालिन डीआइजी उपेन्द्रकान्त अर्यालसँग समेत सेटिङ मिलाएर सयौ ट्रकहरु सुनौली देखि नारायण्ँगढसम्म आफै चढेर पास गराउने विषयले अहिले पनि चर्चा पाएको छ ।
उक्त अवधिमा राजमार्ज मा खटिएका दर्जनौ प्रहरीहरुलाई घुस लिएको अभियोगमा कारबाही समेत गरिएको थियो । स्टिङ्ग अपरेशनको नाममा तस्करीमा आफै संलग्न उनी चढेर आउने ट्रकको सूचना बेलहिया नाकामा कार्यरत प्रहरीहरुले राजमार्गमा खटिएका प्रहरीहरुलाई दिने गर्दथे भने एसएसपी आफै चढेर आएको ट्रक चेकजाँच गर्ने आँट कुनै प्रहरीले गर्न सक्दैनथे । यसरी उनले आफै तस्करीको सामान आफै पास गराउँदै गर्दा प्रहरीमा आन्तरिक रुपमा तिब्र असन्तुष्टि बढ्दै गरेको थियो ।
उनले चेकजाँचको बहानामा महिनौ देखि ट्रक पास गरिरहेका थिए सोहि क्रममै एक दिन अचानक नवलपरासीको गैंडाकोटको नारायणी पुल नजिकै ट्रक पास गराएर गाडीबाट ओर्लने क्रममा चिप्लेर उनको खुट्टा समेत भाँच्चिएको थियो । उनको खुट्टा भाँच्चिए पछि मात्र उनले चेकजाँचको नाममा गरेको कालो कर्तुत बाहिर आएको थियो । -यूनाइटेड पोष्ट साप्ताहिक

Post a Comment

0 Comments