Subscribe Us

गोकर्णको ह्वीस्कीले जुटाएन सहमति

काठमाडौं । तिहार लागेपछि नेताहरु सहमतिका लागि काठमाडांैको गोकर्ण रिसोर्टमा सहमतिका लागि आवासीय वार्तामा पुगे । तर, त्यहा“ सहमति हुन सकेन । विवादीत विषयमा सहमति जुटाउने नाममा भएको वैठकले सहमति नहुने पक्का थियो, तर एउटा सहमतिमा चा“ही नेताहरु पुगेका थिए । स्रोतका अनुसार आवासीय वैठकमा रहेका नेताहरुको संयुक्त सहमति तिहार मनाउने र ह्वीस्कीमा रमाउने बनेको थियो ।

 कांग्रेस एमाले र एमाओवादीका नेताहरुको आवासीय वैठकमा ह्वीस्की नलिने केपी ओली, माधव नेपाल, प्रधानमन्त्री सुशिल कोइराला उक्त आवासीय वैठकमा बसेनन् । तर, सहमतिका नाममा भएको वैठकमा ह्वीस्की लिने नेताहरु मात्र बसेका थिए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ह्वीस्की लिने भएपनि उनी त्यहा“ लामो समयसम्म बसेनन् ।
 
गोकर्णमा सहमति नजुटेपछि एमाओवादीको अडानलाई कमजोर बनाउन कांग्रेस एमालेले नया“ अवधारणा ल्याएका छन् । अझ कांग्रेसको पनि अडान नभएको भन्दै एमालेले एमाओवादीलाई झुकाउनका लागि ४ प्रदेशको कुरा ल्याएको छ । स्रोतका अनुसार गोकर्णमा एमाओवादीले अडान कायम गरेका कारण उसलाई पाठ सिकाउन एमाओवादीस“गको वैठकमा एमालेले ४ प्रदेशको नया“ अडान कायम गरेको छ ।  

एकातिर मतभेद भएपनि अर्कातिर सहमतिको नजिक पुगेर फरक दलका रुपमा देखिएका एकीकृत नेकपा माओवादीको अडान खसाउने तयारी भइसकेको छ । संविधान जारी गर्ने मिति नजिकि“दै गर्दा हुन नसकिरहेको सहमतिका लागि उनीहरु यसरी अघि बढ्न लागेका हुन् । सहमति नभएपनि निर्वाचनमा जानका लागि पनि दुवै दलले संविधान निर्माण प्रकृयालाई साझा एजेन्डाका रुपमा प्रस्तुत गर्न लागेका छन् । सरकारी कामको बारेमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभिन्नता कायम रहेपनि संविधानका विषयमा सहमति जुटाउने प्रयत्न सुरु भएको छ ।
एकीकृत नेकपा माओवादीले केही मधेसी दल र जातिय मोर्चाहरुस“ग संगठन बनाउन थालेपछि प्रकृयाबाट संविधानको विवादीत विषय मिलाउन पनि कांग्रेस एमाले सहमतिका लागि बाध्य भएका छन् । कांग्रेस एमाले मिलेर एमाओवादीलाई लतार्दै संविधान निर्माण र जारी गर्नेतिर उन्मुख भएपछि तीन दलको वैठकमा पनि एमाओवादीको वखेडालाई बहुमतले नस्वीकार्ने तयारीमा कांग्रेस एमाले पुगेका छन् ।
 
संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा गम्भीर छलफल सुरु भएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए । यी विषयमा सबै दलका आफ्ना धारणा राख्नुका साथै सहमतिको मिलनबिन्दु खोज्ने विषयमा विभिन्न दृष्टिकोणबाट छलफल सुरु भए पनि आइतबार त्यो पूरा हुन सकेन । संविधान निर्माणका जटिल विषयमा तीन दलबीचको छलफलपछि मधेस तथा जनजाति केन्द्रित दलस“ग पनि छलफल गरी सहमतिमा पुग्ने प्रयास गरिने बताइएको छ ।
 
त्यसो त संघीयताको विषयमा ६ वा ७ प्रदेशमा जान दुई मोडेल तयार पारेको नेपाली कांग्रेस र ७ प्रदेशको मोडल तयार पारेको एमालेले सहमतिका लागि साझा धारणा बनाउने तयारीबीच ४ प्रदेशका नया“ अवधारणा अगाडी ल्याएको हो । कांग्रेस नेता पौडेलका अनुसार तीन दलीय बैठकमा दुवै दलले शासकीय स्वरुप र संघीयतामा साझा धारणा तय गर्ने भएका छन् ।

 शासकीय स्वरुपमा पनि दुवै दलको सहमति हुने संकेत देखिएको छ । संघीयतामा ७ प्रदेश बनाउन सकिने सम्भावना देखाएको कांग्रेसले तय गरेको संसद्बाट निर्वाचित प्रधानमन्त्रीमा एमालेले सहमति जनाए दुवै दलको साझा धारणा बन्नेछ । सहमति मिलेर गर्ने कुरा हो । तर, एमाओवादीका कारण लामो समयसम्म पनि सहमति बन्न नसकेका कारण प्रकृयामा जा“दा पनि सहमति र साझा धारणाका आधारमा जाने विषयमा कांग्रेस एमाले तयार भएका छन् । त्यसो त सहमति नभएपनि संविधान निर्माणको प्रकृया नरोकिने सभामुख सुवास नेम्वाङले बताइसकेका छन् ।

 विवादीत विषयका रुपमा रहेका संघीयता र शासकीय स्वरुपका विषयमा पनि दलहरु सहमतिमा नपुगे प्रकृयामा लैजाने उनले घोषणा गरिसकेका छन् । ‘माओवादीस“ग सहमतिको गतिलो ढा“चा ल्याउने र सहमतिका लागि कांग्रेस एमालेले तय गरेको विन्दुमा आउनुको विकल्प छैन, नआए प्रकृयामा जान तयार हुनेछन् ।’, एक कांग्रेस नेताले भने ।तिहारलगत्तै सहमति गर्ने भनेका दलका शिर्ष नेताहरु अझ सहमतिविमुख हुन थालेका छन् । करिव करिव सहमति हुन नसक्ने अवस्था भइसकेका कारण अव प्रकृयाबाटै नया“ संविधानका विवादीत विषयको निर्णय हुनसक्ने उच्च स्रोतले बतायो ।

Post a Comment

0 Comments