Subscribe Us

प्रभुपछि सनराइजन लुट्ने लम्सालको योजना

काठमाडौं । प्रभु बैंक(तत्कालिन किष्ट बैंक)मा नौं महिना सिईओ भएका कुमार लम्सालले त्यहाँ व्यापक अनियमितता गरेर सनराइज बेैंक छिर्ने भएका छन् । स्रोतका अनुसार नौ महिनाको जागीरे अवधिमा उनले करोड भन्दा बढीको सुविधा  लिएका छन् ।
 
वित्तीय अवस्था र संस्थागत सुशासन कमजोर भएपछि किष्ट बैंक प्रभु विकास बैंकमा मर्ज भएर गत भदौ महिनादेखि प्रभु बैंकमा परिणत भएको हो । यसअघि सानिमा बैंकमा सीईओ रहेका लम्साललाई नेपाल राष्ट्र बैंकका केही उच्च अधिकारीको उत्कृष्ट चाहनामा किष्ट बैंक लगिएको थियो । 

लम्साललाई सानिमा विकास बैंकदेखि नै नेपाल राष्ट्र बैंकको एउटा समूहले विशेष आरक्षण र सुविधा प्रदान गरेर उनले गरेका कमी कमजोरीलाई समेत ढाकछोप गर्न सघाउ पु¥याउँदै आएको थियो । अहिले सोही समूहले उनले प्रभु बैंकबाट गैरकानुनी रुपमा झण्डै १ करोड रुपैयाँ बराबरको नगद तथा गाडी सुविधाको बारेमा कतै उल्लेख नगर्नुले लम्सालको मस्तीमा केन्द्रीय बैंकसमेत आँखा चिम्लिएको बताइन्छ ।
 
झण्डै ९ महिना अघि प्रभु बैंक (तत्कालीन किष्ट बैंक) मा सीईओ बनेका कुमार लम्साल प्रभु बैंकको औपचारिक सञ्चालन पश्चात् एकाएक जिम्मेवारीबाट पन्छिएपछि बैंक व्यवस्थापन अचम्ममा परेको छ । आफू अनुकूलको निर्णय गर्न नपाएपछि लम्सालले केन्द्रीय बैंकको उच्च तहसम्म आफ्नो दुखेसो पोखेपछि केन्द्रीय बैंकका उच्च अधिकारीहरुले आर्थिक रुपमा आफू बलियो हुनेगरी प्रभुबाट बाहिरिनु नै उत्तम हुने जवाफ दिएपछि लम्सालले सोही बमोजिमको चाँजोपाँजो मिलाएको देखिएको छ ।
 
उनले बैंक नयाँ नाममा सञ्चालन भएपश्चात् नै ओभर स्टाफि¨को रटान लगाउँदै स्वेच्छिक अवकाशको आकर्षक प्याकेज दिएर डेढ दुई सय कर्मचारीलाई बिदाई गर्नुमा नै संस्थाको दीर्घकालीन हित रहेको बताएका थिए । बैंक व्यवस्थापनले पनि सीईओको रणनीतिलाई सकारात्मक रुपमा लिएर स्वेच्छिक अवकाशको प्याकेजको घोषणा गरिदियो । जसमा स्वयम् लम्सालले अवकाशको निम्ति आवेदन दिएपछि सबैजना छक्क परेको स्रोतको दाबी छ ।
लम्सालले केन्द्रीय बैंकको ग्रीन सिग्नलमा आगामी केही महिनाभित्रै अर्को वाणिज्य बैंकको सीईओ मिल्ने देखिएपछि प्रभु बैंकबाट अन्य कर्मचारीको निम्ति घोषणा गरिएको स्वेच्छिक अवकाश योजना अनुसार हुने गरी कार्यरत ९ महिनाको अवधिको उपदान वापत ९ महिनाको तलब बराबरको रकम रु ६३ लाख र यस अघि सीईओको करारनामा बमोजिम प्राप्त हुने आफूले चढेको झण्डै ५० लाख मूल्य पर्ने गाडी घर लैजान पाउन आवश्यक प्रक्रिया अघि बढाएका थिए ।
 
यसरी ९ महिना मात्र कार्यरत सीईओले पुरै ९ महिना बराबरको तलब र ५ वर्ष पछि मात्र लैजान पाइने गाडी पनि ९ महिनामै लैजाने अवस्था देखिएपछि केन्द्रीय बैंकले आवश्यक हस्तक्षेप गर्नुपर्नेमा आजसम्म मौन बसेको स्रोतको दाबी छ । जबकी बैंकले गत भदौमा मर्जर पश्चात आयोजना गर्न लागेको रात्री भोजको निम्ति केन्द्रीय बैंकले संस्थाको वित्तीय अवस्था कमजोर भएको कारण देखाउँदै भोज आयोजना नगर्नु नै कल्याण हुने बताए पनि यतिखेर आफ्नो मान्छेले करोड बढी रकम लैजाँदा भने मौन बसेको छ ।
 
बैंकमा थप लुट्ने मौका नभएपछि उनी मारवाडी व्यवसायीहरुले चलाएको सनराइन बैंकमा जाने तयारीमा छन् । तर सनराइनले पनि बलराम बिष्टलाई कामु सिईओ जिम्मा दिइसकेको छ । सनराइनका सिईओ सुरेन्द्र प्रधानले राजिनामा दिइसकेका छन् । सनराइजनमा जानका लागि लम्साल यतीबेला राष्ट्र बैंकका अधिकारीहरुको चाडकी गरी लबिङ गरीरहेका छन् ।
 
राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले आफ्नो स्वार्थका बैंकलाई कारबाही नगर्ने र आफन्त पोस्न तथा स्वार्थ नभएका बैंकलाई कारबाही गर्ने रणनीति अख्तियार गरेका थिए । उनले सुधिर खत्रीलाई भगाएको यस अघि सार्वजनिक भइसकेको छ । जबकी नेपाल विकास बैंकमा हुँदा प्रहरीले समेत अनुसन्धानको घेरामा राखेका खत्रीलाई त्यतिबेला भगाउन अधिकारीले नै सहयोग गरेका थिए ।

Post a Comment

0 Comments