Subscribe Us

नक्कली एटीएम कार्ड बेच्ने गिरोहका नाईके पक्राउ

 काठमाडौं । नक्कली एटीएम कार्ड बिक्री गर्ने गिरोहका नाईके सुरज गुरुङ पक्राउ परेका छन् । तीन बर्षदेखि फरार रहेका गुरुङलाई महानगरीय अपराध महाशाखा हनुमानढोकाले पक्राउ गरेको हो । 

भारतको दिल्ली र हल्दानी क्षेत्र लगायत नेपालको नेपालगंज क्षेत्रमा नक्कली एटीएम कार्ड ल्याएर बिक्रि बितरण गर्ने गुरुङलाई महाशाखाको टोलीले सुक्रवार राती स्वमभूबाट नियन्त्रणमा लिएको हो ।

 कहिले भारत र कहिले नेपालको बिभिन्न जिल्लामा लुकिछिपी बस्दै आएका गुरुङ नेपाल आएको सुचना महाशाखाले पाएपछि उनको पछाडी प्रहरी लागेको थियो । गुरुङले बिक्री गरेको एटीएम कार्डबाट नेपालका नबिल, सिद्धार्थ र सनराईज बैंङको एटीएम मेशीनबाट रकम निकालिएको तत्काल पक्राउ परेका अभियुक्तबाट खुलासा भएको थियो ।

 नक्कली कार्डको प्रयोग गर्ने भारतीय नागरीक सुरेशसिंह बिष्ट, मोहनसिंह बिष्ट र चन्द्रसिंह बिष्ट पक्राउ पछि एटीएम बिक्री गर्ने सुरज गुरुङ र भारतीय नागरीक सन्जु भन्नेको स्केच नेपाल प्रहरीको केद्रिन्य अनुसन्धान ब्यूरोले सार्बजनिक गरेको थियो । पक्राउ परेका अभियुक्तहरुको बयानबाट व्यूरोले गुरुङको स्केज तयार पारेपनि उनको बारेमा प्रहरी अनभिज्ञ थियो । महाशाखले पुराना मुद्दाका फरार अभियुक्तहरुको खोजी सुरु गरेपछि गुरुङ फेला परेका हुन ।

 तत्काल पक्राउ परेका अभियुक्तबाट व्यूरोले ईन्भेष्टमेन्ट बैंकका १२ वटा कार्ड, हिमालयन बैंकको १२, लक्ष्मी बैंकको १२ र भारतीय बैंकको १ एटीएम कार्ड र मास्टर कार्ड बरामद गरेको थियो । गुरुङ नेपाल प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका हिमालयन बैकको एटिएम घोटलाका नाईके अनिस भक्त सुवालका बहिनी ज्वाई हुन । प्रहरीले सुवालको खोजी तिब्र पारेको छ । गुरुङलाई आबाश्यक कारबाहिको लागी कञ्चनपूर जिल्ला पढाईएको अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसएसपी पुस्कर कार्कीले बताए ।

Post a Comment

0 Comments