Subscribe Us

स्वर्गीय नेता सिंहको जन्मजयन्ती अबसरमा डन मर्हजनको असुली धन्दा

डन मर्हजनलाई सम्मान गर्दै प्रधानमन्त्री कोईराला
काठमाडौं । स्वर्गीय नेता गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा कराँते प्रतियोगिता गर्ने नाममा ललितपुरका डन मिन कुष्ण महर्जनले करोडौ रुपैया असुलेको रहस्य खुलेको छ ।

 कांग्रेसको आवरणमा गुण्डागर्दी गर्दै आएका ललितपुरमा गुण्डाका नाईके महर्जनले सर्बच्चो नेता सिंहको जन्मजयन्तीको अवसरमा कराँते प्रतियोगिता गर्ने भन्दै ब्यापारीसँग जबरजस्ती पैसा उठाएको स्रोतको दाबी छ । 

 गणेशमान शान्ति प्रतिष्ठानका नाममा हुन लागिरहेको उक्त प्रतियोगिताका योजनाकर्ता उनै डन महर्जन रहेका छन् । कार्यक्रमको उद्घाटन राष्टपतिले गर्ने भनीपनि केहि दिन अघि राष्टपतिको फोटो डन मर्हजनसँग जोडिएर आएपछि कार्यक्रम क्यासिल भएको स्रोतको दाबी छ ।

 उक्त कार्यक्रम सोमवार प्रधानमन्त्री शुशिल कोईरालाले उद्घाटन गरेका थिए । तर डन महर्जनले कार्यक्रम गर्ने नाममा यतिबेला गणेशमानको नाम बेच्दै व्यवसायीहरुसँग असुली आतंक मच्चाएका छन्। कात्तिकको २४ गतेबाट आयोजना गरिएको उक्त प्रतियोगितामा डन महर्जनले राष्ट्रपति डा।रामवरण यादवको समेत बदनाम गर्न खोजेका थिए। स्रोतका अुनसार गणेशमानसँग जोडिएको कार्यक्रम भन्दै उनले राष्ट्रपतिबाट उद्घाटन गराउन खोजेका थिए।

 तर महर्जनको पृष्ठभूमि बुझ्दा उनी गुण्डाको नाइके भएको खुलेपछि राष्ट्रपति डा।यादवले अस्वीकार गरिदिएका थिए। राष्ट्रपतिलाई बोलाउन जाँदा उनले राष्ट्रपति डा।यादवसँग मर्यादा मिचेर अनौपचारिक पोशाकमै रहेको बेला फोटो खिचेर फेसबुकमा हालेका थिए। संचार माध्यममा उक्त फोटो आएपछि राष्ट्रपतिका सहयोगीले उनलाई थर्काएका छन्।

ललितपुरका हरेक टेण्डरमा महर्जनले कमिसन खाने गरेका छन्। कमिसनकै विवादमा बाहुन डनले उनीमाथि गोली हानेको थियो। पछिल्लो समय पनि उनले केटाहरु पठाएर ललितपुरमा असुली धन्दा जारी राखेका छन्। चापागाउँमा सञ्चालित ढुंगा उद्योगमा पनि उनले नै सेटिङ मिलाउने र कमिसन खाने गरेका छन्।
डन महर्जनसँग हात मिलाउदै प्रधानमन्त्री कोईरारला

  उनै महर्जन यतिबेला गणेशमानको नाममा पैसा कमाउने अभियानमा लागेका छन्। अचम्म के भने डन संयोजक रहेको उक्त कार्यक्रम सेना तथा प्रहरीका खेलाडीलाई समेत सहभागी गराउने तयारी भइरहेको छ।

Post a Comment

0 Comments