Subscribe Us

असाई बनाई दिन्छु भन्दै १० लाख ठगी

काठमाडौं । राष्ट्रिय अनुसन्धान बिभागको सहायक निरीक्षक (असाई) पदमा जागिर लगाइदिने प्रलोभन देखाई दश लाख ठगीगर्ने ठग प्रहरीको फन्दामा परेको छ । दामनका ३५ बर्षीय दिनेश वर्तौलालाई अपराध महाशाखा हनुमानढोकाबाट खटिएकोे टोलीले मंगलवार कोटेश्वरबाट पक्राउ गरेको हो । 

बर्तौलाले झक्तपूरका  केशव तिमिल्सीनालाई विभिन्न प्रलोभन देखाई झुक्याई १० लाख २९ हजार ६ सय रुपैयाँ ठगी गरेको उजुरी महाशाखामा परेपछि उनलाई अनुसन्धानको लागी पक्राउ गरीएको महाशाखाले जनाएको छ । 

पक्राउ परेका बर्ताैलाले तिमिल्सीनालाई आशा गोर्खा मनकामना वचत तथा ऋण सहकारीको सेयर किनीदिने, सप्तरङ्गी दोहोरी साँझ कोटेश्वर र कुरीयर्समा पार्टनर बनाइदिने भनि विश्वासमा पारी ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । महाशाखाले बर्तौलालाई ठगी मुद्धामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको महाशाखाले बताएको छ ।

Post a Comment

0 Comments