Subscribe Us

द्वन्द्वमा बेपत्ता व्यक्ति १६ वर्षपछि घर फर्कदा …

नवलपरासी,कात्तिक २७ – मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले । गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई वेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधी घरमै ४–५ पटक आए । अरु मानवअधिकारकर्मी पनि धाए ।


सुरुमा रेडक्रसका मान्छेलाई वेवास्ता गरिन् । कुरा बुझेपछि बेपत्ताको सूचीमा नाम लेखाउन तयार भइन् । आफूले पनि पतिको खोजीमा सघाउन थालिन् । केही पत्तो लागेन । परिवार र आफन्त निराश बने । तुलसा वेपत्ता समाज नेपालको कोषाध्यक्ष र जिल्ला उपाध्यक्ष बनिन् । बेपत्ताको परिवारको सूचीमा परेकाले उनले राज्यबाट ३ लाख २५ हजार नगद राहत लिएको जनाइन् ।

नवलपरासीबाट द्वन्द्वकालमा वेपत्ता पारिएका १४ मध्ये रामलालको नाम १२ औं नम्बरमा छ । तिनै रामलाल कात्तिक २० गते बिहीबार बिहान ४ बजे घर आइपुगे । पूर्वपश्चिम राजमार्गस्थित कावासोती थानामा झर्दा ठूला घर देखेर दंग परे । उनी आफ्नो घरतर्फ लागे । झक्किएर घर छाडेर टाढा पुगेछन् । उनी वेपत्ता भएको १६ वर्षपछि फर्किएका थिए । उनी ०५५ मा पोखराको चिप्लेढुंगामा सामान्य तरकारी पसल गर्थे । त्यसबेला उनका साथीले ‘तँलाई माओवादी भएको आरोपमा प्रहरी खोजी गरेको छ’ भन्ने सुनाएपछि २५ वर्षीय रामलाल बेखबर भए ।
उनी ०५५ कात्तिक ३ गते कावासोतीस्थित घर आए । 

फेरि कसैले पत्तो नपाउने गरी बिहान ४ बजे घर आएका उनी एक घन्टापछि रुपन्देहीको सुनौली नाका हुँदै दिल्लीको नजबगढ पुगे । उनी फर्किएपछि तुलसा हर्सित छिन् । ‘आउनुहोला जस्तो त लागेको थियो,’ उनले भनिन्,‘अन्य जिल्लामा १५–१६ वर्षपछि घर फर्केको सुन्दा अलिअलि आशा थियो,आजको कान्तिपुर दैनिकमा खबर छ ।

Post a Comment

0 Comments