Subscribe Us

चोरीका गाडी नेतालाई सप्लाई गर्ने गिरोह पक्राउ

चितवन । करोडौं रुपैयाँ राजश्वछली गरेर एक हजार भन्दा बढी चोरीका गाडीको कारोबार गरिसकेको सक्रिय गिरोहलाई चितवन प्रहरीले पक्राउ गरेको छ । एक दशकदेखि सक्रिय गिरोहले एक हजार भन्दा बढी गाडीको कारोबार गरिसकेको पक्राउपछि खुलेको हो । 
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरक्षक रुगम कुँवरको टोलीले  तस्करीमा संलग्न मुख्य नाईकेसहित तीन जनालाई पक्राउ गरेपछि यो रहस्य खुलेको हो । 
 
प्रहरीले तस्करीमा संलग्न भारतको गोरखपुर थानास्थित निजापुरका ३४ बर्षिय गुड्डु भनिने मोहम्द आलमसहित पूर्वी चितवनको जयमंगलका ३३ बर्षिय दिपेन्द्र श्रेष्ठ र चितवनकै जगतपुरका आसबिन श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । पक्राउपछि अनुसन्धानकै क्रममा रहेका ती ब्यक्तिले भारतबाट गाडी चोरीगरी ल्याई चितवन, पर्शा, नवलपरासी, काठमाडौं, ललितपुर र माओवादीका नेताहरुलाई बेचबिखन गर्ने गरेको खुलेको हो । 

०५५÷०५६ बाट गिरोहले बिरगञ्ज र भैरवाह भन्सारमा सेिटङ मिलाएर अबैध गाडीको कारोबार गर्ने गरेका थिए । गिरोहले भारतबाट पुराना तथा नयाँ गाडीहरु चोरी गरी ल्याई बेवारीसे अबस्थाका भन्दै भन्सारमा बुझाउने, कवाडीको भाउमा भन्सार सकार्ने र पछि नयाँ गाडी चोरेर ल्याएर त्यसको पाटपुर्जा पुरानो गाडीमा हालेर गाडीको अबैध कारोबार गर्दै आएको थियो । 
 
गिरोहले बिशेषगरी स्करपियो, बुलेरो, स्यान्ट्रो र मोटरसाईकलको कारोबार गर्दै आएको थियो । माओवादी नेता अग्नी सापकोटादेखि प्रहरीको मोष्टवान्टेड सूचीमा रहेका कालीबाहादुर खामसमेतलाई यही गिरोहले गाडी सप्लाई गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका गिरोहका नाईके गुडुबाट प्रहरीले २ थान मोवाईलसहित एक लाख ३३ हजार १ सय ८५ रुपैयाँ समेत बरामत गरेको छ ।  त्यस्तै पक्राउ परेका दिपेशबाट नगद २ लाख ५० हजारसहित ४ थान मोवाईल, विभिन्न बैंकको चेकबुक, छाप, गाडीका नक्कली नम्मर समेत बरामत भएको प्रहरीले जनाएको छ ।
  

Post a Comment

0 Comments