Subscribe Us

बाल गीताञ्जलीमा एक दिने स्वास्थ्य शिविर

काठमाडांै । सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको उत्तरपूर्वी क्षेत्र मुलपानीस्थित रहेको बाल गीताञ्जली ईङलिस विद्यालयले एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । उक्त निःशुल्क शिविरमा ५ सय भन्दा बढी विरामीहरुले प्रत्यक्ष लाभ लिन सफल भएको आयोजक विद्यालयले जनाएको छ । 

शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो भने चिकित्सक परामर्शका लागि तिनकुनेस्थित रहेको कान्तिपुर अस्पतालले सेवा उपलब्ध गराएको थियो । शहरी क्षेत्रको नजिकै भएतापनि ग्रामिण परिवेश भएकाले यस्ता शिविर आयोजना गरेर स्वास्थ्य सम्वन्धि जनचेतना जगाउने प्रमुख उदेश्यसहित एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक महेन्द्रराज घिमिरेले बताउनु भयो । 

सो स्वास्थ्य शिविरमा नाक, कान, घाँटी, स्त्री तथा प्रसुती, बालरोग, मुख तथा दन्त, हाड तथा नसाका साथै जनरल फिजिसियनको चिकित्सा सुविधा दिइएको थियो ।

Post a Comment

0 Comments