Subscribe Us

रेडपाण्डाको छालासहित महिला पक्राउ

त्रिशूली । नुवाकोट जिल्लाको सुन्दरादेवी गाविसकी एक महिला रेडपाण्डाको छालासहित  पक्राउ परेकी छिन् ।  नुवाकोट प्रहरीले ३४ वर्षीया अलैची पाण्डेलाई एक थान रेडपाण्डाको छालासहित शनिबार पक्राउ गरेको हो ।

 प्रहरी निरीक्षक प्रकाश शर्माका अनुसार रेडपाण्डाको छाला   उनकै घरबाट प्रहरीले बरामत गरेको हो । पाण्डेको घरमा उक्त रेडपाण्डाको छाला कहाँबाट आएको हो त्यो खुल्न नसकेको प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेकाहरूको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

 वन्यजन्तुसम्बन्धी कसुरका घटना जिल्ला वन कार्यालयले हेर्ने भएकाले जिल्ला प्रहरीले पाण्डेलाई कारबाहीका लागि आइतबार जिल्ला वन कार्यालयमा बुझाएको छ ।

Post a Comment

0 Comments