Subscribe Us

वीरगन्जमा आतङ्क मच्चाउने साह पक्राउ

वीरगन्ज । वीरगन्ज  क्षेत्रमा विगत केही दिनदेखि आतङ्क मच्चाइरहेका भारतीय अपराधी सुनिल सिंह समूहका एक सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारणका २७ वर्षीय रामबाबु साह रहेका छन् ।

 उनलाई जिल्ला प्रहरी कार्यालय पर्साले शनिवार पक्राउ गरेको हो । आपराधिक समुहका साहलाई गएराति वीरगन्जको छपकैयामा व्यापारीलाई फोनबाट धम्की दिएर फिरौंती लिन आउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ  ।

 साथै प्रहरीले साहबाट चार थान गोलीका साथै मोबाइलगायतका सामानसमेत बरामद गरेको छ । साहले विगत केही समयदेखि वीरगन्ज क्षेत्रका उद्योगी र व्यवसायीहरूलाई फोनमार्फत धम्की दिँदै आएका थिए । केही वर्ष पहिला वीरगन्जका व्यापारीहरूका लागि आतङ्क बनेका मुन्ना शर्मालाई भारतको मोतिहारी नजिकै सुनिल सिंह समूहले हत्या गरेको थियो ।

 शर्माको हत्यापछि सुनिल सिंह समूह वीरगन्जमा आफ्नो आपराधिक पहँुच स्थापित गर्न सक्रिय भएको बताइन्छ । यसअघि प्रहरीले गत असोज २२ गते पर्साको मिर्जापुरबाट व्यापारीहरूलाई टेलिफोनमार्फत धम्की दिएर रकम असुल्दै आएको आरोपमा मिर्जापुर–५ निवासी ३२ वर्षीय जीतेन्द्र गिरीलाई पक्राउ गरेको थियो ।

Post a Comment

0 Comments