Subscribe Us

गुण्डा सगुन जेल चलान,हाईड्रो पावरको दश लाख जोगियो

ठूले पक्राउ साने फरार, सानो सगुन र ठूलो सगुन
काठमाडौं । काठमाडौं । हाईड्रो पावर कम्पनीमा मागेको दश लाख लिन नपाई गुण्डाका नाईके सगुन श्रेष्ठ जेल चलान भएका छन् । गत शनिवार जाउलाखेलबाट पक्राउ परेका श्रेष्ठलाई अपहरण मुद्दामा जिल्ला अदालतले सोमवार पुर्पक्षका लागी थुनामा राख्ने आदेश दिएपछि उनी जेल पुगेका हुन ।

 सिन्धुपाल्चोकका ब्यापारी जिवन श्रेष्ठलाई अपहरण गर्दा  मुख्य योजनाकार रहेका गुण्डाका नाईके श्रेष्ठलाई अपराध महाशाखा हनुमानढोकाको टोलीले पक्राउ गरी आईतवार सिन्धुपाल्चोक प्रहरीलाई बुझाएको थियो ।

 गुण्डा श्रेष्ठले आफू वान्टेड भएको र केश मिलाउन भन्दै सिन्धुपाल्चोकमा रहेको गेलुङ खोला र मुन लाईट  निमार्णधिन हाईड्रो पावरबाट दश लाखको डिमाण्ड गरेको स्रोतले बतायो । श्रेष्ठले उक्त रकम नदिए काम रोकिदिने धम्कि दिएपछि हिजो आईतवार हाईड्रो पावर सञ्चालकले पैसा दिने सहमत भएको थियो । तर प्रहरीले शनिवार गुण्डा सगुनलाई पक्राउ गरेपछि हाईड्रो पावरका सञ्चालक खुशि भएका छन् ।

  व्यापारी जिवन श्रेष्ठलाई अपहरण गरेपछि श्रेष्ठ फरार भएका थिए । राजधानीको बिभिन्न ठांउमा लुकुछिपी बस्दै आएका श्रेष्ठलाई महाशाखाको टोेलीले तिन महिनाको अधक प्रयासपछि नियन्त्रमा लिन सफल भएको हो । सिन्धुपालचोकमा ढुंगा खानी संञ्चालन गर्दै आएका व्यापारी जिवनलाई गुण्डा सगुनको समुहले गत १२ फागुणमा अपहरणको प्रयास गरेका थिए ।

 हातहतियार सहित आएका गुण्डा सगुनको समुहका ५ अपहरणकारी तत्काल पक्राउ परेपनि उनिलगाएत अन्य ५ जना भने फरार भएका थिए । पक्राउ अन्य अभियुक्त पनि जिल्ला अदालात सिन्धुपालचोकको आदेशले थुनामा रहेका छन् । भक्तपुर र सिन्धुपालाचोक जिल्लालाई आधार श्रेत्र बनाएर गुण्डा सगुनको समुहले अपहरण, ठेक्का कब्जा, तस्करी, सुन अबैध सुन लुट्ने तथा अबैध सामनको सिमान पार गराउने जस्ता किक्राकलापमा सलग्न हुदै आएका छन् ।



Post a Comment

0 Comments