Subscribe Us

भारतीय र पाकिस्तानी खुफिया एजेन्सीका नजर काठमाडौंमा

 
काठमाडौं । सार्क शिखर सम्मेलन राजधानीमा सुरु हुनु अघि नै काठमाडौंमा भारतीय र पाकिस्तानी खुफिया एजेन्सीका अधिकारीहरुको नजर गहिरो बनिसकेको छ । भारत–पाकिस्तानको आन्तरिक विवादकाबीच सार्कको १८ औं शिखर सम्मेलनका क्रममा आतंकवादविरुद्धको दस्तावेज तयार पार्ने तयारी भइरहेका बेला यी दुई मुलुकका खुफिया एजेन्सीहरुको सक्रियता पनि बढेको छ ।

 समाचार सुत्रका अनुसार भारतको इन्टेलिजेन्स व्युरो द रिसर्च एन्ड एनालाइसिस विङ्गस् (रअ) प्रमुख आलोक जोशी र पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआइ) प्रमुख रिजवान अख्तरको नजर काठमाडौमा परेको हो । भारतले पछिल्लो दिनमा अन्डरवल्र्ड डन दाउद इब्राहिमलाई पाकिस्तानले अफगानिस्तानको सीमा क्षेत्रमा लुकाएको अभियोग लगाउँदै यसमा आइएसआइको सहयोग गरेको बताउँदै आएको थियो । तर, पाकिस्तानले त्यसको प्रतिरक्षा गरिरहेको छ ।

 यसबीचमा सार्कमा हुन लागेको दुवै देशका सरकार प्रमुखहरुको भेलामा पनि यो विषयमा चर्चा हुने र दुवै देशका सरकार प्रमुखहरुको आन्तरिक सुरक्षामा पनि चासो राख्दै जोशी भारतीय पक्षबाट लागेका छन् भने अख्तर पाकिस्तानको पक्षबाट सुरक्षाको दृष्टिकोणका सक्रिय हुन थालेको बुझिएको छ । ‘विदेशी मुलुकका सुरक्षा निकायको ध्यान काठमाडौंमा तानिनु स्वभाविक हो तर सवैको सुरक्षाको जिम्मा नेपाल सरकारको भएका कारणले यहाँ नेपाली सुरक्षाको खास चासो रहनेछ, जो जसरी आएपनि यहाँ आन्तरिक सुरक्षामा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान नै सक्रिय हुनेछ ।’,

 एक सुरक्षा अधिकारीले भने,‘जोशी र रिजावन जसले जसरी हेरेपनि आन्तरिक सुरक्षामा उनीहरुको हस्तक्षेपकारी भुमिका हुन पाउँदैन, अन्तर्राष्ट्रिय मान्यताअनुसारै हामी चल्नेछौं ।’

त्यसो सर्वाधिक सुरक्षा खतरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रहेको प्रचारवाजी गर्दै रअले आफ्ना अधिकारीहरुलाई गोप्य ढंगबाट काठमाडौंमा छिराइसकेको पनि बताइएको छ । उता, पाकिस्तानका प्रधानमन्त्री नजाव सरिफको सुरक्षाको चिन्ता गरेर पाकिस्तानी सेनाले रिजवानलाई पनि नेपाल भ्रमणको विषयमा चासो दिनका लागि निर्देशन दिइसकेको बताइएको थियो ।

समाचार सुत्रका अनुसार दुवै मुलुकबीच रहेको आन्तरिक सुरक्षा र प्रतिरक्षाको तयारीअनुसार दुवै देशका खुफिया एजेन्सीहरु राजधानीमा सक्रिय भएका हुन् । ‘यो स्वभाविक पनि हो, विश्वमा पनि यी दुवै मुलुकको आन्तरिक सुरक्षाको विषयलाई लिएर गम्भिर मतभेद रहेको छ, नेपालमा पनि उनीहरुको सक्रियता होला तर त्यो प्रत्यक्ष हुन सक्तैन ।’, समाचार सुत्रले भन्यो ।

Post a Comment

0 Comments