Subscribe Us

अन्य अभिनेत्रीपनि वेश्यावृतिमा लागेका छन्ः श्वेता

एजेन्सी – वेश्यावृतिको आरोपमा पक्राउ परेकी भारतीय  अभिनेत्री श्वेता बसु बिहिबार रिहा भएकी छिन्। उनलाई गत सेप्टेम्बरमा हैदरावादको एक होटलबाट बेश्याबृतीको आरोपमा प्रहरीले पक्राउ गरिएको थियो। बेश्याबृतीको आरोपमा श्वेतालाई त्यहाँको तल्लो अदालतले ६ महिनासम्म रेस्क्यू होममा राख्न आदेश दिएको थियो।

 तर श्वेताकी आमाले उक्त आदेशको खारेजीको माग गर्दै हैदरावादको नामपल्ली सेशन कोर्टमा अपिल गरेकी थिइन। सेशन कोटले तल्लो अदालतको आदेशलाई खारेज गरेपछी उनी करिब दुई महिनाको रेस्क्यू होमको बसाईबाट मुक्त भएकी हुन।

 बेश्याबृतीको आरोपमा पक्राउ परेकी श्वेताले यस्तो काममा लाग्ने आफूमात्र नभएको र यसमा थुप्रै अरू अभिनेत्री पनि संलग्न रहेको बयान प्रहरी समक्ष दिएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments