Subscribe Us

ट्रान्स पार्टीको नाममा ड्रक्स पार्टी, प्रहरी नतमस्तक

 ट्रान्स पार्टीमा मस्त बिदेशी नागरीक
संगीतको तालमा नाचमा मस्त एकअर्काको कुनै मतलब छैन, हातमा विभिन्न ब्राण्डका पेय पदार्थ, लागूऔषध र युबती,  यो हो,   ट्रान्स पार्टी ?
 काठमाडौं । बिश्व भरी प्रतिबन्धित ट्रान्स पार्टी नुवाकोटको चिन्ह्ेश्वर महादेब मन्दिर नजिक ७२ घण्टा चल्यो । गत सुक्रवारबाट सुरु भएको उक्त पार्टी आईतवार १२ बजे अन्त भएको हो । नेपाल प्रहरीले त्यसको सुराक पाएपनि छापा नमार्नुलाई ठूलै रकमको चलखेल भएको आशंका गरीएको छ । प्रहरी प्रधान कार्यालय देखि, अपराध महाशाखा हनुमान ढोका र जिल्ला प्रहरी कार्यालय नुवाकोटले यसको जानकारी पाएपनि छापा नमारेपछि प्रहरीको ठूलै सेटिङ भएको स्रोतको दाबी छ ।

 ककनीबाट उत्तर भेगमा दुई घण्टाको गाडीको बाटो र एक घण्टाको पैदल यात्रबाट पुगीने उक्त स्थानमा ट्रान्स पाटीको नाममा भएको ड्रक्स पार्टीमा एक करोड बराबरको लागूऔषधको कारोबार भएको तथा १० करोड बराबरको कारोबार भएको पार्टीमा पुगेका एक ब्यक्तिले बताए । केहि भारतीय दलालले नेपालका एक राणा थरका ब्यक्तिलाई हातमा लिएर उक्त पार्टीको आयोजना गरेको स्रोतले बताएको छ । ठूलो आवाजमा बिदेशी संगीत मात्र बजाएर तीन चार दिनसम्म  नशाको सुरमा लगातार नाँच्ने कार्यक्रमलाई ट्रान्स पार्टी भनिन्छ ।

 नेपाल प्रहरीका प्रबक्ता माधब प्रशाद जोशीले नेपालमा यस्तो पार्टी भएको थाहा नभएको बताउदै नुवाकोट जिल्लामा बुझेर जानकारी दिने बताए । यस्तो पार्टी गर्ने अनुमती प्रहरीले नदिने  उनको भनाई थियो । उक्त पार्टीमा सहभागीहरुले लागूपर्दाथको सबेन तथा लाजै नमानी यौन क्रियाकलापमा सहभागी हुने गरेको पार्टीमा सहभागी एकले बताए ।  उनका उनुसार संगीतको तालमा नाचमा व्यस्त । एकअर्काको कुनै मतलब छैनस हातमा विभिन्न ब्राण्डका पेय पदार्थ, लागूऔषध र युबती,  यो हो,   ट्रान्स पार्टी ? 
ट्रान्स पार्टीमा मस्त नेपाली युवा, युबती 

 विदेशीहµलाई मनोरञ्जन गराउन राजधानीवरिपरिका पर्यटकीय क्षेत्रहरुमा आयोजना गरिने ट्रान्स पार्टीमा विदेशीको तुलनामा नेपाली युवा युबती बढी देखिन थालेपनि प्रहरीले नियन्त्रणको खासै चासो नदेखाउनुलाई ठूलै आर्थिक चलखेल हुने गरेको प्रहरी उच्च स्रोत बताउछ । निकै खचिर्लो मानिने यस्ता पार्टीमा राजधानीका प्लस टु मा अध्ययन गर्ने युवा, युबतीको घुईचो लाग्न थालेको छ । वेबसाइटमार्फत पनि आयोजकहरुले यस्ता पार्टीप्रति युवालाई आकÈिर्त गर्ने गरेको पाइन्छ । ट्रान्स पार्टी विशेष गरेर सहरबाहिर तुलनात्मक µपमा शान्त ठाउ“मा हुने गरेको पाइन्छ ।

 उपत्यकाआसपासमा सा“खु, गोदावरी, नगरकोट, लाँकुरीभञ्ज्याङ धुलिखेल, दोलालघाटलगायतका ठाउँमा यस्ता पार्टी आयोजना  हुने गरेका छन् । आयोजकहरुले पार्टीमा छिर्न नेपालीलाई प्रतिव्यक्ति पाँच हजार रुपियाँ र बिदेशीलाई दुई सय डलरसम्म असुल्ने गरेको स्रोतको दाबी छ । यस्ता पार्टीहरु अधिकांश शुक्रवार, शनिबार वा दुई दिन तीन रात पनि हुने आयोजकहरुको भनाइ छ ।

 पार्टीमा जाने अधिकांश युवा युुबती रहने एक आयोजकले बताए । दुईदेखि तीन सयजनाको सहभागिता हुने यस्ता पार्टीमा नेपाली युवापुस्ताकै बाहुल्य हुने गरेको आयोजकहµको भनाइ छ । यस्ता खुल्म खुल्ला हुने ड्रक्स पार्टीमा अहिलेसम्म कुनै कारबाही भने भएको छैन् । तर प्रहरीले नै यस्ता पार्टी सञ्चालन गर्न अनुमती दिने गरेको स्रोतको दाबी छ ।  गत बर्ष तनहुँको पर्यटकीय केन्द्र बन्दिपुरमा ४ दिनसम्म ट्रान्स पार्टी भएको थियो ।

 गत २६ देखि २९ अप्रीलसम्म भएको सो ट्रान्स पार्टीमा संसारका विभिन्न भागबाट आएका ट्रान्स संगीतप्रेमीहरुको सहभागिता रहेको थियो । युनिभर्सल रिलिजन २०१३ नाम दिइएको सो ट्रान्स पार्टीमा विभिन्न नेपाली कम्पनीहरुले प्रायोजन गरेका थिए । ट्रान्स पार्टी वन्दिपुरको खुल्ला चौरमा भएको थियो भने उक्त पार्टी सञ्चालन गर्न प्रहरीले अनुमती दिएकोे थियो । नेपालका विभिन्न ठाउ“मा प्रत्येक वर्षको दुई वा तिन पटक ट्रान्स पार्टी हृँदै आएको यसका पारखीहरु वताउँछन् ।

 गत २०१२ मा प्रहरीकै अनुमती लीएर  पोखराको फुलबारी रिसोर्टमा प्रहरीकै सुरक्षामा अबैध लागू औषधको सेवन सहित ‘ट्रान्स पार्टी’ भएको थियो । उत्तेजक पोशाक लगाएका युवतीहरु उफ्री उफ्री नाचेको कोही चौरमा ढलेको कोही गाँजा तान्दै गरेको अनौठो दृश्य  देखिएको फोटो  पात्त भएको छ । आयोजक आफैले कार्यक्रम स्थलमा  दरिलो सुरक्षा प्रणाली अपनाएका हुन्छन् ।

Post a Comment

0 Comments