Subscribe Us

मन्त्रीहरुलाई ठाडो चुनौती दिने हिम्मत गरे सहसचिव खनालले

tirtha khanal 111
सहसचिव, तिर्थराज खनाल 
 kathmanduएउटा सरकारी कर्मचारी । पद अर्थ मन्त्रालयको सहसचिव, हाल राजस्व अनुसन्धान विभागको निर्देशक । नाम तिर्थराज खनाल । हाल यो नाम मात्र होइन उसको साहस अक्षर तौलेर पत्रकारिता गर्ने बाहेर धेरैका भित्तामा पोखिएका छन । जनआन्दोलनमा शाही फरमान बिरुद्ध उभिएको यो मान्छे । अहिले अब्बल प्रजातान्त्रिक शक्ति भनेर कुर्लने नेपाली कांग्रेशका नेता तथा मन्त्री रामशरण महतको  अलोकतान्त्रिक र निजामती कर्मचारी नियम बिरुद्ध उभिएको छ । वा उभिन खोज्यौ तर हजुरबादी नै गजुरबादी हुने हाम्रो सरकारी संयनत्रमा एकलो खनालको केही जोर चलेन । तर उसको साहसको चर्चा भै रहेको छ ।
एउटा अर्को पात्र भरत सुवेदी । हामीले थाह पाउँदासम्म अर्थकै मालदार अखडामा कब्जा जमाएर बसेका सरकारी कर्मचारी । शाही फरमानको भक्त र अहिले सबै भन्दा बढि लोकतान्त्रिक । नेपालमा राष्ट्र सेवक भएर पनि अष्ट्रेलियाको स्थायी बसोबास परिचय पत्र भएको कर्मचारी । सुवेदीले आफ्नो शक्तिका आडमा उनै खनालको टाउकोमा टेक्न उपमहानिर्देशकको पत्र लिएर पुग्दा खनालले हाजिर गर्न दिएन्न वा रोक्न खोजे । प्रष्ट भन्दा प्रयास गरे । बाँकी घटनाक्रम न्युजभित्ता डट कमबाट :

निजामती सेवाका एकजना सहसचिवले सरकारीतन्त्र भित्र रहेको भ्रष्टतन्त्र विरुद्ध आज साहसिक कदम चालेका छन्। यो देश मेरो पनि हो, भ्रष्टहरुका विरुद्ध जहाँ बसेर पनि संघर्ष गर्छु भन्दै उनले सरकारको निर्णयलाई ठाडो चुनौती दिएका छन्।भ्रष्ट राजनीतिकर्मी, नेता तथा मन्त्रीहरुलाई ठाडो चुनौती दिने हिम्मत राजश्व अनुसन्धान विभागका निर्देशक तिर्थ खनालले देखाएका हुन्। उनले निजामती सेवाका अत्यन्त विवादास्पद सहसचिव भरत सुवेदीलाई राजश्व अनुसन्धान विभागमा हाजिर हुन रोकेका छन्।उनले रोकेका मात्र छैनन्, सरकारी निर्णयमाथि ठूलो नैतिक प्रश्न उठाइदिएका छन्। यसबीच उनलाई आजै प्रधानमन्त्री कार्यालयले स्पष्टिकरण दिन बोलाएको छ।

विवादास्पद सहसचिव सुवेदीलाई राजश्व अनुसन्धान विभागमा राख्ने सरकारको निर्णय अत्यन्तै विवादास्पद रुपमा आएको थियो। विभागका निर्देशक खनालले उनलाई हाजिर गराउन अस्वीकार गरेका हुन्।
सहसचिव सुवेदीको विषयमा संसदीय समितिहरुमा पनि आवाज उठ्ने गरेको छ।
Bharat_20141113091042
विवादास्पद सहसचिव भरत सुवेदी
भागमा हाजिर हुन सुवदी आज गएका थिए। उनी सीधै निर्देशक खनालको कार्यकक्षमा पुगेका थिए। सुवेदीले विभागमा खटाइएको पत्र खनाललाई बुझाएका थिए। खनालले अर्थ मन्त्रालयको पत्रमा ‘हाजिर गराउन मिल्दैन’ लेखेर हस्ताक्षर गरिदिए। त्यसपछि तीनछक्क परेका सुवेदीले किन हाजिर गराउन मिल्दैन भनी सोधेका थिए।जवाफमा निर्देशक खनालले केही नभनी पत्रमा थप तीन बुँदा लेखिदिए।

निजामती सेवामा भ्रष्ट मन्त्री र कर्मचारीलाई विरलै चुनौती दिइन्छ। तर, खनालले चुनौती मात्र दिएनन्, सरकारी पत्रमा आफ्नो साहसिक राय समेत लेखिदिए। उनले तीन बुँदामा सुवेदी अत्यन्त विवादास्पद भएकाले राजश्व अनुसन्धान विभागजस्तो संवेदनशील र सबै कर्मचारीले जान चाहने ठाउँमा राख्न नमिल्ने लेखेका छन्। त्यसैगरी उनले सुवेदीलाई कुन कानुन अनुसार सरुवा गरिएको हो सो नखुलाएको लेखेका छन्। सुवेदीलाई सम्बन्धीत कार्यालयले तलब खुवाउने भनी पत्रमा उल्लेख भएको तर सम्बधीत कार्यालय भनेको कुन हो भन्ने नखुलाइएको हुनाले हाजिर गराउन नमिल्ने खनालले लेखेका छन्।

तिर्थले सुवेदीलाई हाजिर हुन नदिएपछि अर्थ मन्त्रालयमा खैलाबैला मच्चिएको छ। सुवेदीलाई राजश्व अनुसन्धान विभागमै बसिरहनु, हाजिर गर्ने र पदबहाली गर्ने प्रबन्ध म मिलाउँछु भनेर अर्थमन्त्री डा रामशरण महतले खबर गरेका छन्। त्यसपछि सुवेदी विभागकै एउटा कोठामा बसेका थिए।अर्थ मन्त्रालयको भ्रष्टतन्त्रको खिलाफमा उभिने तिर्थ खनाल निकै हकी र स्पष्ट वक्ता मानिन्छन्। उनी झापाका हुन्। कर्मचारी भएर पनि लोकतान्त्रिक आन्दोलनमा लागेर उनी शाही कालमा चर्चामा आएका थिए।

Post a Comment

0 Comments