Subscribe Us

बिबादास्पद सहसचिबले दिए ज्यानमार्ने धम्की,
सुरक्षाको माग गर्दै अर्का सहसचिब द्धारा प्रशासनमा उजुरी

निर्देशक तीर्थराज खनाल
काठमाडौं । आफूबिरुद्ध लागेको भन्दै बिबादास्पद छबीका सहसचिब भरत सुबेदीले राजश्व अनुसन्धन बिभागमा अर्का सहसचिब तथा निर्देशक तीर्थराज खनाललाई ज्यानमार्ने धम्की दिएका छन् । विभागका निर्देशक खनालले आफूलाई सहसचिव सुवेदीले  ज्यान मार्ने धम्की दिएको भन्दै आइतबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका हुन् । उनले उजुरीको बोदार्थ गृहसचिव सूर्यप्रसाद सिलवाललाई पनि पठाएका छन् । 

सहसचिब भरत सुबेदी
अर्थमन्त्री डा रामशरण महतबाट हालै राजश्व अनुसन्धान विभागको उपमहानिर्देशक बनाइएका सहसचिव सुवेदीलाई विभागका निर्देशक कुन कानूनले सरुवा गरीएको हो भन्दै सरकारलाई प्रश्न तेस्याएर सुबेदीलाई हजीर गराएका थिएन् । हाजिर नगाराएको बिषयमा आबेगमा आएका सहसचिब सुबेदीले


 अर्थमन्त्रालयका प्रशासन महाशाखा प्रमुख डिल्लीप्रसाद शिवाकोटीको कार्यकक्षमा गई तीर्थेलाई सम्झाइदिनू मेरो विरोध गर्दै नहिँडोस्, नत्र सिध्याइदिन्छु” भनेर धम्की दिएको उजुरीमा उल्लेख छ । खनालले सरकारसँग सुरक्षासमेत माग गरेका छन् । सामान्य प्रशासन मन्त्रालयको सहमति बिना सहसचिवको काज सरुवा समेत नहुने कानुनविपरीत अर्थमन्त्री डा। महतले राजस्वमा आफ्नो सेटिङ मिलाउन सुवेदीलाई श्रम मन्त्रालयबाट काजमा लगेकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असहमति जनाएर स्पष्टीकरण सोधिसकेका छन् ।
 
विवादस्पद छवि एवं कानुन विपरीत काज सरुवा भएका सुवेदीलाई विभागमा हाजिर गराउन प्रशासन प्रमुख खनालले नमानेपछि उनी विरुद्ध सुवेदी खनिएका हुन् । सुवेदीलाई कुन कानुनका आधारमा विभागमा सरुवा भएर आएका हुन् भन्ने खुलेपछिमात्रै हाजिर गराउन उचित हुन्छ भनेर आफूले टिप्पणी उठाएका कारण धम्की आएको उनले बताए ।अष्ट्रेलियाको पीआर लिएका विवादस्पद सहसचिव सुवेदीलाई अर्थ मन्त्रालय लैजानका लागि मन्त्री महतले मन्त्रिपरिषद बैठकमै सामान्य प्रशासनमन्त्री पण्डितसँग झगडासमेत गरेका थिए

Post a Comment

0 Comments