Subscribe Us

सर्वाधिक गोल बनाउँदै रोनाल्डोले

एजेन्सी । क्रिस्टियानो रोनाल्डोले युरोपियन च्याम्पियनसिपमा सर्वाधिक गोलको कीर्तिमान बनाएका छन् । 

 युरो कप २०१६ को छनोट चरणमा पोर्चुगलले अर्मेनियालाई १–० ले पराजित गर्दा रोनाल्डोले कीर्तिमानी गोल गरेका हुन् ।

उनले खेलको ७१औँ मिनेटमा गोल गरेका थिए । युरोपियन च्याम्पियनसिपमा उनको यो २३औँ गोल हो । 

उनले डेनमार्कका थोमसान र टर्कीका हकान सुकुरलाई पछि पारे । दुबैले २२–२२ गोल गरेका छन् ।रियल मड्रिडका फवार्ड रोनाल्डोले गोल गरे पनि खेल भने सन्तोषजनक थिएन । जितपछि पोर्चुगल ६ अंकका साथ समूह ‘आई’को दोस्रो स्थानमा छ ।

Post a Comment

0 Comments