Subscribe Us

कांग्रेसमा नेताहरुबीच टक्कर

काठमाडौं । संविधानसभाको एक बर्षअघि भएको निर्वाचनमा पहिलो दल हुन सफल नेपाली कांग्रेसभित्र महाधिवेसन हुन एक बर्ष बाँकी नहुँदै सभापतिको लागि आधा दर्जन नेताले दाबी गरेका छन् । बिधान बमोजिम कांग्रेसका सबै निकायको म्याद गत असोजदेखि लागू हुनेगरी एक बर्षको लागि थप गरिएपछि बरिष्ठ नेताहरु सभापतिको उम्मेदवारी दिने योजनाका साथ अघि बढेका छन् ।

 प्रधानमन्त्री एबं कांग्रेस सभापति सुशील कोइराला स्वास्थ्यका कारण देखाउँदै आगामी महाधिवेसनदेखि सक्रिय राजनीतिबाट निबृत हुने योजनामा लागेपछि कोइरालापछिको उत्तराधिकारी बन्ने आकांक्षीको संख्या बढेको हो । सभापति कोइरालालाई पार्टी भित्रैबाट अभिभावकको भूमिकामा बस्न वा राष्ट्रपति हुन पार्टी भित्रबाट दबाब परेको छ ।

सभापति कोइरालापछि आफू नैं बरिष्ठ भएको भन्दै पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई नैं सभपातिको बलियो उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । १२ औं महाधिवेसनमा सभापतिमा पराजित देउवाको समर्थक भएका प्रभावशाली नेता खुमबहादुर खड्का यस पटक भने आफै सभापतिमा उठ्ने तयारीमा छन् । उनले सभापति पद हत्याउनकै लागि कांग्रेसको नाममा हिन्दुराष्ट्रको पक्षमा बिरोधका कार्यक्रम सार्बजानिक गरिसकेका छन् । देउवालाइृ साथ दिँदै आएका खड्काले आगामी महाधिवेसनमा देउवालाई साथ नदिएपनि देउवा पक्ष निरास भएको छैन ।
 
देउवा पक्षका नेताहरु संस्थापन पक्षमा चार वटा गुट देखापर्ने भन्दै निरास भन्दा बढी उत्साहि भएका छन् । संस्थापन पक्षबाट हालका उपसभपाति रामचन्द्र पौडेल, महामन्त्रीद्धय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा कोइराला परिवारबाट डा. शेखर वा शसांक कोइलाला मध्ये एक जना सभापतिमा उठ्ने तयारीमा छन् ।
‘नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु अहिले’ भने झैं पार्टीले १३ औं महधिवेसन कहाँ, कहिले र कसरी गर्ने भन्ने बिषयमा कुनैं निष्कर्ष नैं ननिकालेको सन्दर्भमा उपप्रधानमन्त्री एबं पार्टी महामन्त्री प्रकाशमान सिंहले अहिले देखि नैं सभापतिकोलागि प्रचार गर्दै हिँंडेका छन् ।
 
कहिले ३६ से प्यानलका पृष्ठपोषक त कहिले शेरबहादुर देउवाका सारथी भएर कांग्रेस फुटाउनेसम्मको हर्कतमा लागेका महामन्त्री सिंहले जिल्ला जिल्लामा गएर पुल, पुलेसा, बाटो र गोरेटो उद्घाटन गर्दै आफु सभापतिमा उठ्ने भएँ सहयोग गर्नुुस भन्दै हिँंडेका छन् । उनले हालै किर्तिपुरका अगुवा कार्यकर्ता र त्रिबिबिका नेबिसंघका कार्यकर्ता बोकेर गएका काठमाडौं क्षेत्र नंं. १० का सभासद् राजन केसीसमक्ष आफु कुनैं पनि हालतमा सभापति उठ्ने भएको जनाउँदै तयारीमा जुट्न निर्देशन दिएका थिए । उनले भनेका थिए ‘उपसभापति भइसकेँ, महामन्त्री भइसकेँ, अब म सभापतिमै उठ्ने हो, द्धिबिधामा नपर्नोस, देशभरका साथिहरुलाई यो सन्देश दिनुस् । म गिरिजाबावुसँग पनि मैले लडेको मान्छे, गणेशमान सिंहको छोरा हुँ, । शेरबहादुरजीको पालो पनि गयो । जताबाट लडे पनि म नैं सभापति हो ।’
 
सिंहले कोइराला परिवारबाट सभापति लड्ने कोही नभएको र यस्तो मौका कहिले नआउने भन्दै उनले रामचन्द्रजीलाई पनि अब छोड्ने कुरा आउँदैन भन्दै अघि बढ्न सुझाव दिएका थिए । उनले अर्को पटक त बीपीका छोरा, भतिजहरु आईहाल्छन नी भन्दै आफू महाधिवेसनको मिति घोषणा हुनुअघि नैं  ७५ जिल्लैमा गएर सम्बन्ध बिस्तार गर्ने भनेका थिए । सिंहलाई सभासद्हरु राजन केसी, कञ्चनचन्द्र बादे, साबित्री चौधरी, ओमदेवी मल्ल जोशी, अञ्जली श्रेष्ठ, सरस्वती बजिमय लगायतका सभासद्लाई परिचालन गर्न थालेका छन् ।
 
यस्तै, पार्टी उपसभापति रामचन्द्र पौडेल आफू नैं सुशील कोइराला र  संस्थापन पक्षको उत्तराधिकारी हुँ भन्दै प्रचारमा जुटेका छन् । उनले आफ्नो पक्षमा लबिङमा जुट्न केन्द्रीय सदस्य समेत रहेकी सभासद् कमला पन्त सभासद् शारदा पौडेल, प्रकाश पौडेल, तारणीदत्त चटौत, रामकृष्ण घिमिरे लगायतलाई परिचालन गरिरहेका छन् ।
 पौडेललाई आफ्नै स्वार्थ अनुकुलको काम गर्दै आएका केन्द्रीय सदस्य एवम् सभासद्हरु नबिन्द्रराज जोशी, अर्जुन जोशी, अर्जुननरसिंह केसी र सभासद् जगदीशनरसिंह केसीले समर्थन गरिरहेका छन् ।  यस्तै, प्रभावशाली नेता खुमबहादुर  खड्काका पक्षमा केन्द्रीय सदस्यहरु पुष्पा भूषाल, अजयकुमार चौरसिया, शंकर भण्डारी, जिल्ला सभापतिहरु गुल्मीका चन्द्र केसी, नवलपरासीका देवेन्द्रराज कँडेल, पूर्ब सभामुख तारानाथ रानाभाट, लक्ष्मण घिमिरे लगायतका ब्यक्तिहरु भावी सभापति भन्दै प्रचारमा जुटेका छन् ।

यता कोइराला परिवारका सदस्यत्रय शसांक कोइराला, सुजाता कोइराला र डा. शेखर कोइरालामध्ये एक जना सभापतिमा उठ्ने तयारीमा छन् । कोइराला परिवारका सदस्यहरु तीन जनामध्ये एकजना सभापति, अर्कोजना उपसभापति र अर्को जना महामन्त्री उठ्ने पक्का छ । उनीहरुलाई केन्द्रीय सदस्य एवम् सभासदद्धय दिपक गिरी, बद्री पाण्डेले साथ दिएका छन् । उनीहरुलाई झापाका केशबकुमार बुढाथोकी, नेबिसंघका पूर्ब अध्यक्ष बिश्वप्रकाश शर्मालगायतले साथ दिने भएका छन् । 

महामन्त्री कृष्णप्रसाद सिटौला भने सभापति कोइराला, कोइराला परिवारका सदस्यहरु, अर्थमन्त्री डा. रामशरण महतमालगायतको समर्थनबाटै सभापतिमा उम्मेदवार बन्ने पक्का छ । देउवाको उम्मेदवारीलाई काउण्टर दिन सिटौला मात्र काफी भएको भन्दै आदिवासी, जनजाती, मधेशी, दलित आदि समुदायबाट सभापति कोइरालालाई दबाब आएको छ । सभापति कोइराला पनि कोइराला परिवारका सदस्यहरुलाई हाल उपसभापति महामन्त्री र सहमहमन्त्रीमा राखेर सहमति गर्न चाहन्छन । अध्यक्षमा देउवा प्यानलकै गोपालमान श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । तर देउवा उनलाई त्यो पद दिने पक्षमा छैनन् ।

Post a Comment

0 Comments