Subscribe Us

निखिलको निर्देशनमा रेखाले कम्मर मर्काउने

काठमाडौं। चलचित्र दुनियामा एक्सन नायका रुपमा चिनिएका निखिल उप्रेती र हिम्मतवाली नायिका रेखा थापा आठ वर्षपछि एउटै चलचित्रमा देखिने भएका छन् ।

निखिलकै निर्देशनमा बनिरहेको चलचित्र भैरवको एक आइटम गीतमा रेखाले कम्मर मर्काउने खबर थियो । तर, अब निखिल र रेखाले चलचित्र लुटेरामा स्क्रिन रोमान्स गर्ने भएका छन् । भैरवमा समय अभावले रेखाले काम गर्न नपाएको बताइन् । गोपाल कायस्थले निर्माण गरेको लुटेरामा रेखा र निखिल अनस्क्रिन रोमान्स गर्ने भएका हुन् ।

नेपाली चलचित्र उद्योगमा निखिल र रेखाको जोडीलाई राम्रो जोडी मानिँदै आएको छ । तर, आठ वर्षदेखि रेखा र निखिल बोलचाल बन्द गर्दै शीतयुद्धमा भएको समाचार कडिउडमा व्याप्त छ । यही कारण पनि यो जोडीको कमब्याकलाई सुखद पक्षका रुपमा हेरिएको छ । सबिर श्रेष्ठको निर्देशन रहने चलचित्रमा निखिल र रेखा फाइनल भएको छ ।

Post a Comment

0 Comments