Subscribe Us

जेरीमा रमाउदा प्रहरीको फन्दामा

काठमाडौं । फिल्म ‘जेरी’ हेर्न  हल पुगेका एक दर्नन बिद्यार्थी प्रहरीको फन्दामा परेका छन् । बिभिन्न कलेजबाट चाबहिलस्थित गोपीकुष्ण सिनेमा हल पुगेका विद्यार्थीहरु सुक्रवार प्रहरीको फन्दामा परेका हुन् । 

कलेज पोशाकमै फिल्म हेर्न पुगेका १३ बिद्यार्थीलाई शुक्रबार विहान महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले नियन्त्रमा लिएको हो । 

जसमा १० युवा र ३ युवतीरहेको प्रहरीले जनाएको छ । युवा पुस्ताबीचको प्रेमकथामा आधारित 'जेरी' शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

प्रहरी निरीक्षक यादवबहादुर घर्ती नेतृत्वको टोलीले विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायव निरीक्षक कृष्ण खड्काले जानकारी दिए । 

कलेज जान भनेर घरबाट हिडेका बिद्यार्थीलाई प्रहरीले कलेज पोशाकमै हलमा भेटाएपछि नियन्त्रमा लिएको जनाएको छ । तर हल सञ्चालकले भने हल भित्रै छिरेर दर्शकहरुलाई नियन्त्रणमा लिई प्रहरीले आतंक सिर्जना गरेको भन्दै विरोध जनाएको छ । तर प्रहरीले कलेज र स्कूल पोशाकमा फिल्म हेर्न जाने, कल्व, तथा रेष्टुरेन्ट जाने र पार्क धाउनेहरुमा निगरानी बढाएको छ ।

Post a Comment

0 Comments