Subscribe Us

राजनीतिभन्दा बाहिर डरलाग्दो तयारी
संविधानसभा विटुलो बनाउने विदेशी खेल

काठमाडौं । जातीय राज्यको कुरा गरेका कारण अघिल्लो संविधानसभा विघटन भएको थियो । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय राज्यको पक्षमा उभिएर आन्दोलनका लागि समर्थन गरेका कारण नै अघिल्लो संविधानसभाले संविधान जारी नगरी अवसान व्यहोर्नुपरेको थियो । त्यसपछि भएको तरल राजनीति र अर्को संविधानभा स्थापित भयो । 

यो संविधानसभामा पनि जातिय मोर्चाको नाममा सुरु भएको फरक आन्दोलन र थपिएको धार्मिक मुद्दाका कारण संविधानसभा अप्ठ्यारोमा पर्न थालेको छ । राजनीतिक दलहरुले स्थापित गराएको संविधानसभाका मुद्दा एकातिर छन् र संविधानसभा बाहिरको राजनीति अर्कोतिर छ । संविधानसभाभित्र विवादीत विषय जतिसुकै भएपनि संविधानसभा बाहिर भिडन्त हुने खालको डरलाग्दो तयारी हुन थालेको छ । जब जब संविधान जारी गर्ने समय नजिकिन थाल्छ यस्तो तयारीमा दलगत समर्थका रुपमा दुई पक्षको भिडन्तको तयारी हुन्छ ।

 खासगरी अहिले प्रतिपक्षमै रहेको एमाओवादीले जातीय राज्यको कुरा गर्ने संगठनलाई सहयोग गर्न खोजिरहेको छ भने उता धार्मिक विषयलाई लिएर उठेको नयाँ शक्तिलाई राप्रपा नेपालको सहयोग देखिन थालेको छ । नेपालको संविधानसभालाई असफल बनाउनका लागि हिन्दुवादी र क्रिश्चियन तथा गैरहिन्दुहरुले आफ्नो मुद्दा स्थापित गराउनका लागि खुमबहादुर खड्का, कमल थापा, पद्मरत्न तुलाधरको मुकुन्डोमा आन्दोलन चर्काउने तयारी गरेका छन् ।
 
यता संविधानसभामा विवादीत विषयमा सहमति नजुटाइरहेका बेला बहुमतीय प्रणालीको तयारी हुनेक्रममा पनि एमाओवादीले भिडन्तको चेतावनी दिएको छ । ‘नेपाली जनताको नाममा कुनैपनि सहमति हुन सकेको छैन, जनताको राजनीति छाडेर विदेशीको राजनीतिमा लागेका छन्, कोही हिन्दु धर्म र कोही जातीयताको कुरामा क्रिश्चियनहरुको डलरका आधारमा अहिले संविधानसभा विटुलो बनाउने प्रयत्नमा छन् ।’,

 उच्च राजनीतिक स्रोतले भन्यो,‘राजनीतिक हिसावले टुंगो लगाउनुपर्ने विषयलाई अहिले विषयान्तर गरी आन्दोलनको तयारी भएको छ यसमा प्रचण्डहरुको पनि सहयोग रहेको छ ।’ धार्मिक आन्दोलनका परिक्षणका रुपमा राजधानीमा सरकारले गरेको अनशनको हस्तक्षेपपछिको मुलुकभरी भएको भिडन्त एउटा तथ्यका रुपमा अघि आयो भने कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको सेप्रेट भेलाले पनि यसमा जोड दिएको छ ।

 खासगरी अहिलेको भारतीय संस्थापनले हिन्दुवादीहरुलाई सहयोग गरेको बताइन्छ भने दरबारीया शक्तिहरुले पनि धार्मिक आन्दोलनमा सहयोग गरेको बुझिएको स्रोतहरुका अनुसार भारतमा रहेका हिन्दु धार्मिक संघ संगठन र ट्रष्टहरुले नेपालमा हिन्दु धर्मको साख जोगाउनका लागि लगानी गरिरहेका छन् भने युरोपियन र अमेरिकनहरुले क्रिश्चियनहरुको संक्रमणलाई प्रभावकारी बनाउनका लागि जनजातीका नाममा रकम खर्च गरिरहेको स्रोतहरुले बताएका छन् । तर, राजनीतिक दलहरुले यी गैरराजनीतिक विषयहरुलाई नियन्त्रण गरी राजनीतिक विषयमा सहमति जुटाउनुको साटो दुई ध्रुवमा बाँडिएको फरक आन्दोलनलाई मौन र खुला समर्थन गर्नाले यो संविधानसभा पनि विघटन हुने खतरा बढेर गएको छ ।

सार्क शिखर सम्मेलनको पूर्वसन्ध्यामा मुलुकमा हुन लागेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रवेश धार्मिक रुपमा नै हुन लागेकाले पनि हिन्दुवादीहरुले अहिले आन्दोलन चर्काउन थालेको कतिपयको विश्लेषण रहेको छ । मोदी जनकपुरमा हुन लागेको धार्मिक कार्यक्रममा सहभागी भएर राजधानी आउने कार्यक्रम रहेको छ । ‘अहिले भारतीय संस्थापनको पनि सहानुभुती रहेका कारणले आन्तरिक धार्मिक संगठनहरु ब्ढेका छन्, राजनीतिक दलहरुको सहयोग छ भने विभिन्न हिन्दुवादी संगठनहरुले पनि सहयोग गरेका छन् ।’,

 स्रोतले भन्यो,‘यो तयारीले नेपाली संविधानसभा पुरै प्रभावित हुनेछ, यसले मुलकलाई सवैतिरबाट प्रभावित बनाउनेछ ।’यस्ता आन्दोलनका लागि नेपालमा रकम जम्मा नहुने भएकाले यी ध्रुविकृत संगठनहरुका लागि अदृश्य रुपमा विदेशी लगानी आउने गरेको छ । यहि मौकामा राजनीतिक दलहरु पनि मौन बसिदिदा मुलुक संकटमा फँस्दै गएको छ ।

Post a Comment

0 Comments