Subscribe Us

गेष्ट हाउसबाट लागूऔषधको कारोबार

काठमाडौं । अबैध लागूऔषध कारोबारमा सगँल्न एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी बृत्त कालीमाटीबाट खटिएको टोलीले बालाजुस्थित न्यु पर्वत गेष्ट हाउस एण्ड भान्साघरबाट शनिवार नेपालगंजका २४ वर्षीय कमल रोकायसमेत ४ जनालाई पक्राउ गरेको हो ।

 प्रहरीले उनिहरुको साथबाट अवैध लागूऔषध ब्राउनसुगर ६ सय २० मिलिग्राम, नगद ३० हजार, लागूऔषध जोख्न प्रयोग गर्ने तराजु १ थान, खुकुरी १ थान, भे.२ प २९७४ नम्बरको मोटरसाइकल बरामत गरेको छ ।    उक्त भान्साघरमा अबैधरुपमा लागूऔषध बिक्री बितरण हुने गरेको भत्रे सुराकीको आधारमा प्रहरीले छापामार्दा उक्त गेष्ट हाउसको ३०३ नम्बरको कोठाबाट ६० वटा पोकामा लुकाई राखेको उक्त ब्राउनसुगर र अन्य सामान बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Post a Comment

0 Comments