Subscribe Us

पैसा भए हतियार पाइन्छ,
पेस्तोलको प्रयोग गर्दै ठूला आपराधिक गिरोह

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाको सुरक्षा व्यबस्था कडा पारेपनि संक्रमणकालमा भित्रेका साना हातहतियारको खतरा कायमै रहेको छ । 
सुरक्षा व्यबस्था कडा पारी चेक पोष्ट बढाएपछि अहिले १ लाख भन्दा बढी पर्ने पेस्तोलहरु ६० हजारमै उपलब्ध हुन थालेका छन् । सुरक्षाकर्मीले बोक्ने जस्तै प्रकृतिका त्यस्ता अत्याधुनीक पेस्तोलको प्रयोग ठूलो अपराधिक गिरोहले गर्दै आएको छ ।
 
हतियार भित्राउने बेलामा मौन रहने र भित्राउन सफल भएपछि एकाएक आतंक मच्चाएर अनेक आपराधिक क्रियाकलापमा संलग्न हुने आपराधिक जालो काठमाडौं उपत्यकामै सक्रिय रहेकाले जुनकुनै बेलापनि हतियारको प्रयोग हुनसक्ने खतरा बढेको छ । शहरी क्षेत्रमा साना हातहतियारको प्रयोग एक्कासी बढेको छ । प्रहरीले पनि घटना अघि पत्तो नपाउने र भएपछिमात्रै अधिकांस अभियुक्त भागीसक्ने हु“दा पेस्तोलको प्रयोग अत्याधिक बढ्दै गएको हो । संक्रमणकालीन अबस्थास“गै भित्रेका कटुवा, इटालीयन, रिभल्भर लगायतका केही चाइनीज हतियारको बिगबिगी अहिले पनि कायमै छ ।
 
नेपाल सरकारले हतियार व्यापार सम्झौतासम्बन्धि कुनै विस्तृत धारणा बनाएको छैन तर हातहतियार खरखजना ऐन २०१९  तथा यससम्बन्धि नियमावलीले साना हतियारको बारेमा व्याख्या गरेपनि यसले राज्यको अन्तर्राष्ट्रिय दायित्वको चर्चा गरेको छैन । ऐनले हतियार बोक्नेहरुको नियन्त्रणमा जोड दिएपनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रयोगकर्ताले पुराना हतियार सट्टा नया“ आधुनीक हातहतियार प्रतिष्थापन गरेपनि पुरानो हतियारको नष्ट गर्ने व्यबस्था पारदर्शी हुन नसक्दा नेपालको ऐन फितलो भएको विज्ञहरुको धारणा छ ।

 

नेपालमा ठूला हतियार मात्र सेनास“ग करिब १ लाख, नेपाल प्रहरीस“ग ५० हजार, सशस्त्र प्रहरीस“ग १६ हजार हतियार रहेका छन् । त्यस्तै बैंक सुरक्षा गार्डस“ग ५ हजार हातहतियार छन भने ३५ हजार नेपालीले इजाजत लिएर हतियार राखेका छन् । गृह मन्त्रालयले नागरिकलाई हतियार लिन नदिने भनी फिर्ता गर्ने प्रक्रिया थालिएको छ । तर साना हतियार कति छन् भन्ने बारे अझै एकिन हुन सकेको छैन ।
 
उपत्यका लगायत नेपालाको शहरी क्ष्ँेत्रमा रहेका अपराधीक गिरोहस“ग झण्डै १० हजारको हाराहारीमा साना हाहतियार रहेका छन् । सयौ हतियार अहिले पनि बेबारिसे अबस्थामा रहेका छन् । राजधानीमा पक्राउ परेका अपराधीहरुले बोक्ने हतियार हेर्दा व्यबसायीक अपराधीक सञ्जालमा लागेका अभियुक्तहरुले सुरक्षाकर्मीले नै बोक्ने खालमा अत्याधुनीक पेस्तोलहरु बोक्ने गरेको पाइएको छ ।
 
भारतस“ग खुल्ला सीमाना रहेका कारण हतियार पनि खुल्लै भित्रने गरेका छन् । खुल्ला सीमानाका कारण नै हतियार आपूर्ती रोक्न कठिन परेको छ । नेपालको अन्तरदेशीय सीमाना व्यबस्थापन प्रणाली कमजोर भएका कारण साना हतियार सहजै भित्रने गरेको छ । जिल्ला तहमा क्षेत्रीय प्रशासनीक सूचना आदान प्रदान गर्ने र सहयोग गर्ने व्यबस्था भएतापनि हतियारको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न सक्ने सार्मथ्य छैन । विश्वमा साना हातहतियारका कारण हरेक वर्ष ५ लाख मानिस मर्ने र १५ लाख भन्दा बढी घाइते हुने गरेको तथ्य पनि सार्वजनिक हु“दै आएको छ ।

 

काठमाडौंमा रकम भुक्तानी गरेको एक हप्ताभित्रै साना हातहतियार उपलब्ध हुने गर्दछ । हतियार खरिदकर्ताले सुरुमै ३० प्रतिशत भन्दा बढी अग्रीम भुक्तानी गर्नुपर्दछ । शहरी क्षेत्रमा दुरुपयोग भइरहेका अधिकासं हतियार नेपालको सीमावर्ती भारतीय क्षेत्रमा हुने गरेको छ भने साञ्जालीक अपराधीक जालोले प्रयोग गर्ने हतियार चीन, अमेरिका, भारत, इटाली र बेल्जियममा निर्मित अत्याधुनीक पेस्तोल रहेको छ । भारतीय सीमामा निमार्ण भएका हतियार १६ सय देखी मूल्य सुरु हुन्छ भने अत्याधुनीक हतियार १ लाख भन्दा माथी पर्ने गर्दछ । तर अहिले सुरक्षा व्यबस्था कडा गरेपछि हतियारको भाउ ह्वात्तै बढेको छ । 
 
तराई कोब्राका प्रमुख भनिने नागराज, तराई टाइगरका अध्यक्ष शेरसिंह राजपूत लगायत अपराधीहरु त राजनीतिकै नाममा आतंक मच्चाउन सफल भइरहेका छन् । उनीहरु कथित मधेस मुक्तिको नाममा अपराधको राज जमाउन खोजीरहेका छन् । हतियार तस्करीदेखी, हत्या, अपहरण, चन्दा आतंक, फिरौतीबाट लुटेको रकम बा“डफाड“मा कुरा नमिलेपछि फुटेर बनेको अर्को आपराधिक समूह जन्माउने तराइका अपराधीहरुको नियती नै बनेको छ ।
तराई वागी, जनतान्त्रिक तराई मुक्ति मोर्चा आदी तराइमा रहेका अधिकांस अपराधी समुहहरु भारतबाट नेपालमा हतियार तस्करीमा लाग्ने गरेको प्रहरीको दावी छ । कोलम्बिया हतियारको दुरुपयोगले गर्दा नै आज संसारको सबैभन्दा बढी व्यक्ति अपहरणमा पर्ने र फिरौतीमा छुट्ने देश भएको छ । त्यहा“ बर्षेनी २१ हजारभन्दा बढी व्यक्ति अपहरणमा पर्छन भने हजारौको मृत्यु र हजारौ घाइते हुन्छन ।
 
त्यस्तै अन्डर वल्र्डका डनको प्रभावमा परेको भनिएको देश भारत, राजनीतिक अस्थिरताको शिकार भएको फिलिपिन्स जस्तै कमजोर जासुसी संयन्त्र र अपराधीलाई राजनीतिक आर्शिबादका कारण नेपाल पनि हतियारको दुरुपयोगले खतराको अबस्थामा रहेको छ । वरिष्ठ स्नायु चिकित्सक उपेन्द्र देवकोटाकी छोरी मेघालाई अपहरण गर्दादेखी अधिकांस आपराधिक गतिबिधीमा हतियारको त्रासमा गरिएको थियो र  पछि घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हेमबहादुर मगरलाई पक्रियो। 

उनको साथमा रहेको पेस्तोल त प्रहरीको नियन्त्रणमा आयो तर कृष्ण छारा राई, सिद्धार्थलामा, राजु थापा, केशव दर्लामी,  र गोकुल गिरीस“ग रहेको हतियार प्रहरीको नियन्त्रण बाहिरै छ । यीनीहरुस“ग रहेको हतियार बरामद गर्नु प्रहरीका लागि पनि चूनौतीपूर्ण रहेको छ । त्यस्तै अर्को अपराधिको जालोले २ पुस २०६४ मा व्यापारी महेश मुरारकालाई अपहरणको जालोमा पा¥यो ।
 
तर अत्याधुनीक हतियार र स्रोत साधनबाट त्रसीत मुरारका प्रहरीमा उजुरी भन्दा देशनै छाड्ने निधोमा पुगे तर प्रहरीलाई चर्को दबाब परेपछि प्रहरीले अमर टण्डनको समूहको पहिचान पछि पक्राउ ग¥यो । पक्राउ पछिको बयानमा उनीहरुले १० भन्दा बढी अपहरणको घटनामा आफ्नो प्रत्यक्ष संलग्नता रहेको र २ करोड भन्दा बढी फिरौती उठाएको दावी ग¥यो
 
शहरी क्षेत्रमा हुने प्राय सबै अपहरण, लुटपाट, चोरी र ठगीका घटनामा पेस्तोलको प्रयोग भएको पाइएको छ । हतियार सहितको अपराधिक सञ्जालको काम सुरक्षा कमजोर भएको अबस्थामा अनेक बहानामा चन्दा उठाउनु र सुरक्षा अबस्था कडा भएमा सरकारी कागज, छाप, दस्तखत लगायत विद्यार्थीको मार्कसीट, सर्टिफिकेटलगायत महत्वपूर्ण कागजातको  कीर्ते गर्नु रहेको प्रहरी स्रोतको भनाइ छ । अझ कतिपय अबस्थामा त सुरक्षाकर्मीले नै साना हतियारहरु बेच्ने गरेका छन् । 

उपत्यकाका आधा भन्दा बढी वृत र प्रभावका हतियार जवानहरुले बिक्री गर्दा पनि हराएको सूचीमा मात्र राख्ने र साधारण कार्वाही पछि छुटेको भेट्टिएको छ । बैंक तथा बित्तिय क्षेत्रमा हुने लुटपाटमा त अझ बहालबाला सुरक्ष्ाँकर्मीकै संलग्नताले हतियार सहित भेट्टिएको छ । ०६३ जेठ १७ गतेको नबिल बैंकको जोरपाटी शाखामा लुटपाट गर्न पुगेका लक्ष्मीनारायण यादव र राजेश यादव प्रहरीकै जवान थिए भने  देवराज भट्टराई सशस्त्र प्रहरीका पूर्ववर्दार र अजय राई माओवादीका पूर्वप्लाटुन कमान्डर ।
 
युद्वकालमा माओवादी र सुरक्ष्ाँकर्मीबाट धेरै साना हतियारको हिसाब देखाइएको छैन । ती हतियारहरु अपराधीक गिरोहको हातमा पुगिसकेको अनुमान गरिएको छ । स्रोतका अनुसार सुरक्षाकर्मीबाट कब्जा गरीएको हतियार माओवादी कार्यकर्ताले २६ हजार देखी ६० हजार सम्म बेचेका थिए ।
 
तराईमा कथीत राजनीतिक मागको खोलभित्र अपराधीक गतिबिधि गर्दै आइरहेका तराईका संगठनहरुका अपराधीहरु बिस्तारै फिरौती रकममा बिबाद हुन थालेपछि समुहबाट अलग भएर शहरी क्षेत्रमा छिरेको बताइएको छ । शहर छिरेको यो अपराधीक समूह गाडीको टिकट काउण्टर लगायत क्षेत्रमा काम गरेको बहानामा बस्तुस्थिती बुझ्ने र आफै लुटपाटमा संलग्न हुने देखी हतियारको ओसारपसारमा समेत संलग्न रह“दै आएको प्रहरीको अनुमान छ । 
 
विश्वमा अहिले लगभग ६३ करोड ९० लाख साना हातहतियार प्रयोग भइरहेका छन् भने यसको उत्पादन र प्रयोग बढ्दै गएको छ । वर्षेनी ८० लाख साना हतियारको उत्पादन थपि“दै छ । हरेक दश जनामध्य एक जनाको हातमा बन्दुक पर्न जान्छ । हरेक वर्ष १६ अर्ब गोली गट्ठा उत्पादन हुन्छन् । १० हजार हतियार हराउने या चोरी हुने गर्दछन् । हरेक वर्ष ८ लाख बन्दुक नष्ट गरिएपनि एउटा बन्दुकको बदला १० वटा बन्दुक निर्माण भइरहेको छ । ४७ सय ८० बिलियन रकम नया“ हातहतियार किन्न र सेना धान्न मात्र खर्च भइरहेको छ ।
 
सैन्य र हातहतियारमा लगानी भएको ५ प्रतिशत मात्र रकम लगानी गर्ने खर्च गरिबीबिरुद्व लगानी गर्ने हो भने आउ“दो दशकमा सबै जनताले प्राथमिक सामाजिक सुरक्षा पाउ“छन् । विश्वमा आधाजति राष्ट्रले शिक्षा भन्दा सैनिक गतिबिधिमा खर्च गरिरहेका छन् । अमेरिकाले बिक्री गर्ने ७० प्रतिशत भन्दा बढी हतियार बिकाशोन्मुख राष्ट्रमा पुग्ने गर्दछन् ।
 
विश्वमा १ हजार उद्योगहरुले ठूला हतियार उत्पादन गर्दछन् । करिब ८० लाख नया“ हातहतियार नया“ बन्ने गर्दछन् । हाल ९८ देश साना हातहतियार उत्पादन गर्न सक्षम छन् । अमेरिका, बेलायत, अष्ट्रिया, जर्मनी, स्वीजरल्यायड, बेल्जीयम, स्पेन, इटाली, इजरायल, चीन, फ्रान्स लगायत देशहरु हातहतियार उत्पादनका प्रथम श्रेणीमा पर्दछन् । नेपाल आफैमा कटुवा पेस्तोल बाहेक अन्य हतियार बनाउन सक्षम नभएपनि हतियारको प्रयोगस्थल बन्ने खतरा बढेको छ । स–साना निउमा हुने झगडामा पनि हतियारको प्रयोग बढ्दै जाने र सुरक्षानिकाएको जासुसी संयन्त्र कमजोर हु“दा शहरी क्ष्ँेत्रको सुरक्षामा प्रश्नबाचक चिन्ह उब्जेको छ । 
 

Post a Comment

0 Comments