Subscribe Us

चोरीका गाडी बेच्ने गिरोह पक्राउ

चितवन । चोेरीको गाडीको कारोबारमा सक्रिय गिरोहलाई जिल्ला प्रहरी कार्यालय चितवनले चोरीको गाडीसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालका प्रहरी निरक्षक रुगम कुवरको टोलीले  तस्करीमा सगल्न  मुख्य नाईके सहित ३ जनालाई नियन्त्रण लिएको छ ।

 गिरोहले भारतबाट गाडी चोरी गरी ल्याई चितवन लगाएतका जिल्लाहरुमा बेचबिखन गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ ।

 प्रहरीले तस्करीमा सगँल्न भारतको गोरखपुर थाना स्थित निजापुरका ३४ बर्षिया गुड्डु भनिने मोहम्द आलम सहित पुर्वि चितवनको जयमंगलका ३३ बर्षिय दिपेन्द्र श्रेष्ठ र चितवनकै जगतपुरका आसबिन श्रेष्ठलाई नियन्त्रणमा लिए अनुसन्धान सुरु गरेको जनाएको छ ।

 पक्राउ परेका गिरोहका नाईके गुडुबाट प्रहरीले २ थान मोवाईल सहित १ लाख ३३ हजार १ सय ८५ रुपैया समेत बरामत गरेको छ, भने पक्राउ परेका दिपेशवाट नगद २ लाख ५० हजार सहित ४ थमन मोवाईल, विभिन्न बैंकको चेकबुक, रवरको छाप ४ थान, नक्कली गाडी नम्मर ३ थान बरामत भएको प्रहरीले बताएको छ ।

यस्तै आसबिन श्रेष्ठबाट ५१ हजार बरामद गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक रुगम बहादुर कुँवरको कमाण्डमा खटिएको टोलीले भरतपुरको कालिगण्डकी खाजा घरमा चेकजाँच गर्ने क्रममा चेकजाँच नगर्नु भनि प्रहरीलाई ५ हजार घुस दिन खोजेको भन्दै उनलाई आवश्यक अनुसन्धानका लागी प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै जर्वरजस्ती चन्दा असुली गरेको भन्दै चितवन जिल्ला वाईसिएल सदस्य जगत पुनले रड्डÏयाक्ट्रीका संञ्चालक परमेश्वर भण्डारीसँग जब्जस्ती १ लाख रुपैया असुल गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

Post a Comment

0 Comments