Subscribe Us

चार उद्योगमाथि मुद्दा दायर


राजविराज, २४ कात्तिक । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले तोकिएको मापदण्ड विपरीत अखाद्य वस्तु मिसावट गरी उत्पादन र बिक्री गर्ने सिरहा र सप्तरीका चार उद्योगमाथि मुद्दा दायर गरेको छ ।

    सो कार्यालयबाट प्राप्त विवरणअनुसार सिरहाको लहानमा रहेको पवन मसाला उद्योग – बेसार धुलो) र लहान जल उद्योग तथा सप्तरीको राजविराज नगरपालिकामा रहेको राम डेरी उद्योग र मिलन डेरी उद्योगविरुद्ध सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको बताइएको छ ।

    ती उद्योगहरूबाट उत्पादित सामग्रीहरूमा ब्याच नम्बर, उत्पादन मिति उल्लेख नभएको र दुषित एवं अखाद्य वस्तु मिसावट गरिएको फेला परेपछि कारबाही प्रक्रिया अगाडि बढाइएको हो । सो कार्यालयद्वारा सिरहा र सप्तरीमा गरिएको अनुगमन र खाद्य जाँच गरिएपछि मुद्दा दायर गरिएको हो ।

    कार्यालय प्रमुख उपेन्द्र रायका अनुसार पूर्वाञ्चलको विभिन्न जिल्लाबाट आर्थिक वर्ष २०७०÷०७१ मा १६ वटा उद्योगविरुद्ध मुदा दायर गरिएको बताउँदै पूर्वाञ्चलबाट ७०० भन्दा बढी खाद्य वस्तुको अनुगमन गरी जाँचका लागि ल्याएको बताउनुभयो । रासस

Post a Comment

0 Comments