Subscribe Us

एसिसी क्रिकेटमा कुवेतलाई २२६ रनको फराकिलो अन्तरले हराउँदै नेपालको लगातार दोस्रो जित

 काठमाडौँ, २४ कात्तिक । कुवेतमा जारी एसिसी यु–१९ प्रिमियर क्रिकेट प्रतियोगितामा नेपालले आज दोस्रो जित हात पारेको छ । आफ्नो दोस्रो खेलमा नेपालले आयोजक कुवेतलाई २२६ रनको फराकिलो अन्तरले हराउँदै जित हात पारेको हो ।

 टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै ३२५ रन बनाएको थियो । कुवेतले २६.४ ओभरमा अल आउट हुँदै मात्र ६३ रन बनाएको थियो ।

    आजको खेलमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ८७ रनको योगदान दिए भने दीपेश श्रेष्ठ, इस्राहिद अहमद र सुनिल धमलाले समान दुई दुई तथा शेख, सुनिल कँडेल र   अहमदले एक एक विकेट लिए ।

    यस्तै कुबेतका लागि साहरूख कुदुसले दुई विकेट तथा युसुफ, बासाम, मोहम्मद मिजान अली र मोहम्मद वसिफ मुकादमले एक एक विकेट लिए । यसअघि आइतबार आफ्नो पहिलो खेलमा नेपालले साउदी अरबलाई १९५ रनको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको थियो । रासस

Post a Comment

0 Comments